पर्यटन
-

इन्डो–नेपाल व्यापार महोत्सव, नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज एवं परिणाममुखी बनाउनुपर्नेमा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज एवं परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्। भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो-नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना-मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण…
-

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : पर्यटकका लागि ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडकको व्यवस्था
म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् । बेनीबाट घतान-पात्लेखेत-झिँ-पाखापानी-ठाडाखानी-कुइँनेमङ्गले-मल्कवाङ-मराङ-बिम-दरबाङ हुँदै बेनीसम्मका पाँच वटा स्थानीय तहलाई समेट्ने राहुघाट(म्याग्दी चक्रपथ सडक आयोजना पनि उम्मेदवारको पूर्वाधारतर्फ प्राथमिकतामा परेको मुद्दा हो । जिल्ला सदरमुकाम बेनीबाट उत्तरी क्षेत्रमा रहेको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका…
-

पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा पार्क निर्माण, अब पर्यटकले आरामसहित मनोरम दृश्यावलोकन गर्न सक्ने
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका- ७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ । उद्यानमा धम्पुस ब्रेकन भगिनि सम्बन्ध स्थापनाको स्मारक…
-

प्रतिकूल मौसमले गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित
रसुवा । रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् । लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवागमनमा समस्या आएको हो । स्थानीय व्यवसायीका अनुसार अचानक मौसम विग्रिएपछि कुण्ड जाँदै गरेका तीनवटा हेलिकप्टर चन्दनबारीको आकाशबाटै फर्किएका छन् । प्रभु एयर…
-

चिसो याममा पनि मुस्ताङमा पर्यटकीय आगमनमा उभार, पर्यटन व्यवसायी उत्साहित
मुस्ताङ । प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षभन्दा यस वर्षको जनवरी पहिलो महिनामै यहाँ पर्यटकीय उभार आएको हो । मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार चालु वर्षको सन् २०२६ को जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । एक्याप प्रमुख राजेश…
-

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
रसुवा । हिमाल, ताल, संस्कृति र पदमार्गको संगम बनेको रसुवा पछिल्ला दिनमा पर्यटकीय गन्तव्यका रूपमा झन् मजबुत हुँदै गएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामै ३२ हजारभन्दा बढी पर्यटकले रसुवाका प्रमुख क्षेत्रको भ्रमण गरेपछि जिल्लाको पर्यटन गतिविधि उल्लेख्य रूपमा बढेको देखिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका अहिले रसुवाका मुख्य आकर्षण…
-

पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवर्द्धन गर्न मक्कर मेला, स्थानीयवासी संरक्षण र प्रचारमा जुटे
भोजपुर । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवर्द्धन गर्ने उद्देश्यले मक्कर मेला आयोजना गरिने भएको छ । पर्यटकीयस्थल भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको जनाउँदै स्थानीयवासी यसको संरक्षण र प्रचारमा जुटेका हुन् । प्रशस्त धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि आगामी माघ १ गते मेला आयोजना…
-

नयाँ वर्षमा पर्यटकले भरिभराउ पोखराका होटल – रेष्टुराँ, सडक महोत्सवमा झुमे पर्यटक
गण्डकी । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँ वर्षको छेकोमा आयोजित सडक महोत्सवले लेकडसाइडमा बेग्लै चहलपहल छ । पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर…
-

हात्ती तथा पर्यटन महोत्सवले चितवनमा पर्यटक आगमनमा वृद्धि, बसाइ लम्ब्याउँदैछन् पर्यटक
चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरु भन्छन्, ‘यो कार्यक्रम हात्ती र मान्छेबीचको सम्बन्ध सेतु मात्रै बनेको…
-

हात्ती तथा पर्यटन महोत्सवले सौराहाका पर्यटकीय क्षेत्र चहलपहल
चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण रूपमा भरिभराउ भएका छन् भने पर्यटकीय क्षेत्र निकै चहलपहल बनेको छ । महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड…
