पर्यटन
-

१७ वर्षमा ४७ लाख बढी पर्यटकले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन
काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो । २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विधिवत रूपमा नारायणहिटी दरबार सङ्ग्रहालयको रूपमा समुद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । स्थापनाको १७ वर्षमा सो सङ्ग्रहालय ४७ लाख ७७ हजार ७०० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका…
-

राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा, पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनियोजन
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक…
-

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव : पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम
काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र यहाँस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ । छमहिने उक्त प्रशिक्षणमा संलग्न ४७ जना व्यवसायीलाई शुक्रबार आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो । त्यस अवसरमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले प्रशिक्षणका माध्यमबाट व्यवसायीलाइ चिनियाँ पर्यटकसँग व्यवहार गर्न…
-

दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु
काठमाडौं । दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान) सँगको सहकार्यमा तालिम आयोजना गरिएको हो । दिगो पर्यटन…
-

पुस ११ देखि चितवनमा १९ औं हात्ती तथा पर्यटन महोत्सव हुने
काठमाडौं । चितवनको सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा महोत्सव हुन लागेको हो ।काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सव रत्ननगर नगरपालिकाको संरक्षकत्वमा आयोजना हुने र उद्घाटन बागमती…
-

नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्ने समझदारी
काठमाडौं । नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि कोरियाली राजदूत पार्क ते(यङको उपस्थितिमा टानका अध्यक्ष सागर पाण्डे र महासचिव सोनाम ग्याल्जेन शेर्पा तथा काटाका उपाध्यक्ष किम वियोम्जे र महासचिव वे योङ याङले सो समझदारीपत्रमा…
-

बेलढुङ्गामा पाहुनाको रोजाइ बन्यो ‘कोदोको सेलरोटी’
बागलुङ । बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन् । घरबास पुग्नुभएका सामाजिक व्यक्तित्व डा सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताउँछन । यहाँ पाउने अन्य परिकारसँगै धेरैको रोजाइमा कोदोका परिकार बढी रहेका…
-

एमाले महाधिवेशन : सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा, जुजुधौ बिक्रेतादेखि साना व्यापारी खुसी
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा हुनेछन् । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको…
-

अन्तर्राष्ट्रिय पर्वतीय दिवस : हिमालका मुद्दाका विषयमा नेपालले नेतृत्त्वदायी भूमिका खेल्नुपर्नेमा जोड
काठमाडौं । कृषि तथा पशुपछी विकास मन्त्री डा मदनप्रसाद परियारले हिमाल संरक्षणको मुद्दामा नेपालले विश्व समुदायबीच अग्रणी र नेतृत्त्वदायी भूमिका खेल्न सक्नुपर्ने बताएका छन् । अन्तरराष्ट्रिय पर्वतीय दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनका असरबाट नेपाल धेरै प्रभावित मुलुकमध्ये एक भएको बताउँदै उनले यसका असरसँग जुध्न सामूहिक प्रयासको आवस्यकता…
-

पर्यटन प्रवर्द्धन गर्न पोखरा – ढोरपाटन पर्यटन कार्यक्रम सुरु
गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा – ढोरपाटन पर्यटन प्रवर्द्धन कार्यक्रम प्रारम्भ गरेको छ । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यका प्रारम्भ भएको कार्यक्रममा सङ्घ आवद्ध सदस्यसँगै पोखरामा क्रियाशील विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मीसहित ४५ जना सहभागी छन् । सङ्घका प्रथम उपाध्यक्ष रवीप्रसाद आचार्यका अनुसार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बागलुङमा…
