अर्थतन्त्र
-

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन : पर्यापर्यटन प्रवर्द्धनमा जोड
म्याग्दी । जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तरराष्ट्रिय सम्मेलन’ले वनस्पति, जीवाणु र तिनीहरूको आपसी सम्बन्धलाई दीर्घकालीन बनाउने प्रतिबद्धता प्रकट गरेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा यही वैशाख ४ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनले पृथ्वीमा रहेका सम्पूर्ण प्राणीको सहअस्तित्वलाई सुदृढ गर्ने प्रतिबद्धता गरेको हो । सम्मेलनलाई सफल बनाउन…
-

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत, घोडेपानी जाने पर्यटकको घुइँचो
म्याग्दी । स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका(६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको लुलियाघुम्ती खण्डको मर्मत गरी सहज यातायात सञ्चालनको व्यवस्था मिलाएका छन् । पोखरेबगर(घोडेपानी सडकको लुलियाघुम्तीमा दुर्घटना बढ्न थालेपछि स्थानीयले श्रमदानमार्फत मर्मत गरेका हुन् । पोखरेबगर, कुरमुनी, हल्लेखर्क, बिरौटा, भुवानीथान र घारगाउँका ८० जनाले दुईदिन श्रमदान गरेर मर्मत गरेका पोखरेबगर युवा क्लबका अध्यक्ष…
-

गुराँस फूलेपछि तिनजुरे क्षेत्रमा पर्यटकको चहलपहल
तेह्रथुम । लालीगुराँस नगरपालिका–१ स्थिते तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फूलेपछि पर्यटकको चहलपहल बढेको छ । वैशाख १ गते नयाँ वर्षमा अनुमानित २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले तिनजुरे क्षेत्रको भ्रमण गरेको इलाका प्रहरी कार्यालय वसन्तपुरका इञ्चार्ज रुपेश तामाङले बताए । छिमेकी जिल्ला सङ्खुवासभा, भोजपुर, पाँचथर, धनकुटासँगै पूर्वी तराईका जिल्ला सुनसरी, मोरङ, झापाका साथै भारतको…
-

पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता
काठमाडौं । क्यानडाको ओटावामा आयोजित ‘२७औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा त्यहाँस्थित नेपाली दूतावासले सहभागिता जनाएको छ । आइतबार र सोमबार सम्पन्न उक्त प्रदर्शनीमा दूतावासले छुट्टै स्टल स्थापना गरी नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा कलात्मकतालाई उजागर गर्ने विभिन्न पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री, परम्परागत कलाकृति र मौलिक नेपाली उत्पादनहरु प्रदर्शन गरेको थियो । साथै, नेपालका प्रमुख…
-

नयाँ वर्ष मनाउन पोखराका ९० प्रतिशत बढी होटेल पर्यटकले भरिभराउ
गण्डकी । नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत बढी भरिभराउ भएका छन् । नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली नयाँ वर्षकै अवसरमा सङ्घले सञ्चालन गर्दै आएको फेवा नव…
-

अन्नपूर्णमा पर्यटक आगमन उल्लेख्य
गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ। पछिल्लो एक महिनामा मात्रै ४८ हजारभन्दा बढी विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रका विभिन्न पदमार्ग र गन्तव्यहरूको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार मार्च महिनामा ४८ हजार ५१३ विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका छन्। तीमध्ये ३२ हजार २०…
-

सरकार साना लगानीकर्तालाई लक्षित गरेर कुनै धरपकड अभियानमा छैन : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास फैलाइएको भन्दै सरकार साना लगानीकर्तालाई लक्षित गरेर कुनै धरपकड अभियानमा नरहेको स्पष्ट पारेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग आज भएको छलफलमा अर्थमन्त्री वाग्लेले शेयर बजारप्रति सरकारको नीति स्पष्ट पार्दै साना लगानीकर्तालाई आतङ्कित पार्ने गतिविधि अनुचित भएको उल्लेख गरे । “सरकारले साना लगानीकर्तामाथि कारबाही…
-

हिमाली जिल्ला रसुवा अब रेन्वो ट्राउट माछापालनका लागि उपयुक्त
रसुवा । हिमाली जिल्ला रसुवा केवल प्राकृतिक सौन्दर्य र पर्यटनको केन्द्रमात्र नभई पछिल्ला वर्षमा वैज्ञानिक कृषि अभ्यासको थलोका रूपमा पनि विकसित हुँदै गएको छ । हिमाली चिसो पानीमा आधारित माछापालन प्रविधिले अहिले नयाँ आर्थिक सम्भावनाको ढोका खोलेको हो । जिल्ला सदरमुकाम धुञ्चे नजिक इमरुङ क्षेत्रमा सञ्चालन भइरहेको रेन्वो ट्राउट मत्स्य अनुसन्धान केन्द्रबाट उत्पादित माछाका भुरा…
-

सरकारको सुशासन मार्गचित्र : नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
काठमाडौं । सरकारले आज सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले बजेट तथा राजस्व प्रणालीमा व्यापक संरचनागत सुधारको खाका प्रस्तुत गर्दै कर प्रशासनदेखि वित्तीय हस्तान्तरण, बजेट तर्जुमा र पुँजीबजारसम्मका क्षेत्रलाई समेटेर दीर्घकालीन नीतिगत स्थिरता, पारदर्शिता र परिणाममुखी व्यवस्थापनमा जोड दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको मार्गचित्रले विशेषगरी नागरिक अपेक्षालाई केन्द्रमा राख्दै कर प्रणालीलाई…

