अर्थतन्त्र
-

लालीगुराँसले लान्यो पर्यटक, घोडेपानीका होटलहरु पर्यटकले भरिभराउ
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ । वसन्त ऋतुको आगमनसँगै पाखाभरी ढकमक्क लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी प्रकृतिप्रेमी पर्यटकहरुको रोजाइमा परेको छ । घोडेपानीका होटल व्यवसायी हेमन्त वुद्धुजा पुनले गुराँसको सौन्दर्यमा रमाउन…
-

मुस्ताङमा पर्यटन पूर्वाधारसम्बन्धी २७ आयोजना कार्यान्वयनमा
मुस्ताङ । मुस्ताङका पाँच पालिकामा चालु आव २०८२र८३ का लागि धार्मिक तथा पर्यटन पूर्वाधार निर्माण तथा स्तरोन्नतिसम्बन्धी २७ वटा आयोजना कार्यान्वयनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालयले मुस्ताङका धार्मिक तथा पर्यटकीयस्थलको पर्यटनसम्बन्धी पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि चालु आवमा रु दुई करोड ३० लाख बजेट विनियोजन गरेको हो । धार्मिक तथा पर्यटकीय…
-

५५ करोड भूक्तानी नपाएको दुग्ध उत्पादक किसानको गुनासो
चितवन । दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत रु ५५ करोड भूक्तानी पाउन सकेका छैनन् । उनीहरुले बिगत ६ महिनादेखिको भूक्तानी पाउन सकेका छैनन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगले रकम…
-

भृकटीमण्डपमा सुरु भयो २७औँ फ्लोरा एक्स्पो
काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा २७औँ फ्लोरा एक्स्पो आजदेखि सुरु भएको छ । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक सम्बृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भई चैत ८ गतेसम्म भृकटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन हुनेछ । मेलाको उद्घाटन गर्दै बागमती प्रदेश, कृषि तथा पशुपक्षी विकासमन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायलाई परिस्कृत बनाउन थप…
-

गण्डकी सरकार पर्यटकीय क्षेत्रमा सक्रिय, म्याग्दीमा मात्रै २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना सञ्चालन
म्याग्दी । गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् । बेनीमा रहेको एकिकृत सेवा कार्यालय मार्फत सञ्चालित ती योजनाहरुका लागि प्रदेश सरकारले रु. एक करोड ४० लाख बजेट बिनियोजन गरेको छ । तीन वटा योजना सम्पन्न भइसकेका कार्यालयका नायव सुब्बा सुवास सुवेदीले जानकारी दिए ।…
-

सरकारी ऋण २८ खर्ब ७८ अर्ब पुग्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा रु २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो आठ महिनामा मात्र रु दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो…
-

सिरहामा आँपका बगैँचा ढकमक्क मञ्जरीले भरिए, उत्पादन बढ्ने अपेक्षा
सिरहा । धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त मञ्जरी लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन् । धनगढी जस्तै जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको छ । अधिकांश बोटमा राम्रो मञ्जरी लागेकाले यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको कृषि…
-

मतदातासँगै मनाङमा पर्यटकको चहलपहल
मनाङ । मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका संरक्षण शिक्षा सहायक भुपेन्द्र गुरुङले प्रत्येक सवारीसाधनमा मतदातासँगै पर्यटकको आगमन बढ्दै गएको बताए । “मतदाता फर्कन थालेसँगै पर्यटकको आगमन भइरहेको छ”, उनले भने, “दैनिक रूपमा ५०–६०…
-

बागलुङका घरबासमा सत्कारले लोभिन्छन् पर्यटक, लालीगुराँसको फूलले मोहित पाहुना
बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा सकेर आराम गर्ने साँझमा पाहुनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक । बागलुङ बजारमा जन्मिएर कर्मथलो अमेरिका बनाउँदै आएकी अनुसिया श्रेष्ठ पहिलोपटक घरबास पुग्दा स्वागत र सत्कारले दङ्ग परिन् । बागलुङकै पहिलो…
-

पोखराको लेकसाइडमा होलीमा रमाएका पर्यटक
होली पर्वका अवसरमा पोखराको लेकसाइडमा सोमबार रङ लगाएर मनोरञ्जन लिएका विदेशी पर्यटक । तस्बिर : रासस
