स्वास्थ्य
-

डेङ्गी सङ्क्रमणको जोखिम कायमै रहेकाले सचेत रहन आग्रह, काठमाडौंका ३२ वटै वडामा डेङ्गीका बिरामी
काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ । भदौदेखि आगामी कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिक बढी रहेकाले कामपाले थप सचेत रहन आग्रह गरेको हो । पछिल्लो समय कामपा डेङ्गी सङ्क्रमित…
-

तीन तहको सरकारको समन्वयबाट मात्रै समृद्धि हासिल हुन्छ : स्वास्थ्यमन्त्री पौडेल
दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तीन तहको सरकारको समन्वयबाट मात्रै समृद्धि हासिल हुने बताएका छन् । तनहुँको भिमाद नगरपालिकामा आज आयोजित स्वागत एवं भेटघाट कार्यक्रममा उनले सङ्घीय, प्रदेश र स्थानीय तहबाट समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिए। मुलुकको समृद्धिका लागि सहमति र सहकार्य आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले स्थानीय तह नजिकको सरकार…
-

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुन्छ : स्वास्थ्य मन्त्री पौडेल
मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय निकायले प्रथम सेवा केन्द्रका रुपमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने बताएका छन । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकलाई सहज, सरल एवं न्यून शुल्कमा उपचार प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय निकायमा स्वास्थ्य बिमा प्रथम सेवा केन्द्र र सरकारी अस्पताललाई विशिष्टिकृत उपचार केन्द्रका रुपमा…
-

स्वास्थ्य क्षेत्रमा लगानी बढाउन जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
डोटी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी नभएकाले बढाउन जरुरी भएको बताएका छन् । आज डोटीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई सहज स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य क्षेत्रमा सरकारले लगानी वृद्धि गर्न आवश्यक रहेको बताए । अन्तरराष्ट्रिय मापदण्डअनुसार सरकारले स्वास्थ्य क्षेत्रमा कुल बजेटको १० प्रतिशत लगानी गर्नुपर्नेमा पाँच प्रतिशत…
-

जोखिममा अवस्थामा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिने
काठमाडौँ । चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित समय, लागत र गुणस्तर अनुरूप सम्पन्न गरी नतिजा हासिल गर्ने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता भएको छ । मन्त्री नवलकिशोर साह सुडी र सचिव लक्ष्मीकुमारी बस्नेतबीच भएको सम्झौताअुनसार कार्यसम्पादन सम्झौतामा प्रथम त्रैमासिक (२०८२ साउन १ गते देखि असोज ३० गतेसम्म)…
-

स्वास्थ्य बिमा बाटै विपन्न नागरिक औषधि उपचार हुने
काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपचार सम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्दै विपन्न नागरिकको स्वास्थ्य उपचार बिमाबाटै हुने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ पहिलो संशोधन स्वीकृत गर्दै यसको सुरुवात गरेका हुन् । निर्देशिका स्वीकृत गर्दै मन्त्री पौडेलले…
-

विश्व स्वास्थ्य सङ्गठनद्वारा नेपाल रुबेला उन्मूलन भएको घोषणा
काठमाडौँ । नेपाल रुबेला मुक्तघोषणा भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को नेपालस्थित कार्यालयद्वारा आज जारी विज्ञप्तिमा नेपाललाई रुबेला रोग निवारण भएको घोषणा गरिएको छ । डब्लुएचओले नेपालले खोप सेवालाई निरन्तर एवं दृढ प्रयासबाट जारी राखेकाले सम्भव भएको जनाएको छ । डब्लुएचओको दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले दक्षिण–पूर्व एसिया क्षेत्रमा…


