खेलकुद
-

कीर्तिपुरस्थित क्रिकेट मैदान स्तरोन्नतिको कार्य समयमानै सक्न मन्त्री घिसिङको निर्देशन
काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्री घिसिङले आज स्थलगत निरीक्षणपछि स्तरोन्नतिको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको पनि बताए। उनका अनुसार मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा पुगेको छ । साथै छ वटा फ्लडलाइट जडान एक महिनाभित्र सम्पन्न गर्ने ठेकेदार…
-

किरणकुमार लिम्बूको कप्तानीमा भियतनामसँग खेल्ने राष्ट्रिय टोली घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले किरणकुमार लिम्बूको कप्तानीमा आज २३ सदस्यीय नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरेका छन् । एफसी एसिया कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्धको खेलको लागि मुख्य प्रशिक्षक म्याटले २३ सदस्य नेपाली टोलीको घोषणा गरेका हुन् । टोलीमा कप्तान लिम्बूसँगै अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक…
-

दसैंको अवसर पारेर युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव
तनहुँ । भानु नगरपालिका-१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा खेलकुद उत्सव गरेर युवाहरुबीच आत्मीय सम्बन्ध बढाउने प्रयास गरेको छ । दसैंको अवसर पारेर क्लबले शनिबारदेखि सोमबारसम्म अर्चलेमा खेलकुद उत्सव गरेको हो । युवाबीच सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकताको भावना विकास गर्न क्लबले खेलकुद उत्सव आयोजना गरेको क्लबका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।…
-

प्रधानसेनापति ट्रफी : उपत्यका पृतना र गोरख गण विजयी
काठमाडौं । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा पृतनातर्फ उपत्यका पृतना र गणतर्फ पुरानो गोरख गण प्रथम भएका छन् । प्रतियोगितामा १६ नम्बर बाहिनी अड्डा र जगदल गण द्वितीय घोषित भए । सेनाका १४ वटा टिम सहभागी उक्त प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश थियो । विजयी टिम र खेलाडीलाई…
-

नेपाल-बङ्गलादेशबीचको खेल स्थगित
काठमाडौँ । नेपाल र बङ्गलादेशबीचको दोस्रो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । देशको स्थितिलाई मध्यनजर गर्दै नेपाल र बङ्गलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । खेल दशरथ रङ्गशालामा भोलि साँझ ५ः३० बजे हुने तालिका रहेको थियो । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार भएको थियो ।…
-

एभरेष्ट महिला भलिबल लिग : कर्णाली र ललितपुरको विजयी सुरुआत
कास्की । पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग सुरु भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी सुरुआत गरेका छन् । आफ्नो पहिलो खेल जितेका दुवै टोलीले तीन-तीन अङ्क बटुलेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा कर्णालीले…
-

पहिलो अभ्यास खेलमा नेपाल ए पराजित
काठमाडौँ ।टी–२० श्रृङ्खला अन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ए पराजित भएको छ । भारतको गुवाहाटीमा आज भएको खेलमा नेपाल ‘ए आसामसँग १५ रनले पराजित भएको हो । आसामले प्रस्तुत गरेको एक सय ९१ रनको लक्ष्य पछयाएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल…
-

स्याङ्जाको ढुङ्गेदेउरालीले हात पार्यो लामाचौर कप भलिबलको उपाधि
कास्की । नारीहरूको महान् पर्व तीजका अवसरमा पोखरामा आयोजना गरिएको लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जा पौवैगौडेको ढुङ्गेदेउराली क्लबले हात पारेको छ । नवआदर्श सामुदायिक विकास समाज पोखराको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै ढुङ्गेदेउरालीले उपाधिसहित ट्रफी, मेडल र नगद रु तीन लाख जितेको हो…
-

साफ यु-१७ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशसँग नेपाल ३–० ले पराजित भएको हो । यो जितसँगै तीन खेलमा छ अङ्क जोडेको बङ्गलादेश दोस्रो स्थानमा छ । पराजित नेपाल समान खेलबाट तीन अङ्कका सात तेस्रो स्थानमा छ । यसअघि भारतसँग…
-

साफ फुटबलमा नेपाल विजयी
काठमाडौँ । सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित हासिल गरेको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै दुई खेल खेलेको नेपालले तीन अङ्क जोडेको छ । पहिलो खेलमा भारतसँग नेपाल ७–० ले…
