चाडबाडकै बीचमा किसान बाली भित्र्याउन व्यस्त


Please Share:

सिमकोट । बढादशैँ सकिएसँगै हुम्लाका किसान यतिबेला बाली भित्र्याउने काममा व्यस्त देखिएका छन् । किसानले यतिबेला खेतमा लगाएको विभिन्न बाली भित्र्याउन थालेका छन् ।

मौसम सफा भएसँगै बाली भित्र्याउने चटारोले छोएको छ । सदरमुकामवासीले फापर, चिनो, सिमी, कोदो, कागुनोलगायत बाली घरमा भित्र्याइसकेका छन् । उनीहरुले हिउँदमा गाईवस्तुका लागि घाँस मात्रै भित्र्याउन बाँकी रहेको सिमकोट गाउँपालिका–५ का मुक्ति रावतले बताउए । दसैँ अवधिभर यहाँका किसानले सबै बालीनाली घरमा भित्र्याइ सकेका छन् । अब घाँस काट्न मात्रै बाँकी रहेको रावतले बताए ।

जिल्लाका खार्पुनाथ, सर्केगाड, चङ्खेली, ताँजकोट, अदानचुली र नाम्खा गाउँपालिकाका किसान बाली भित्र्याउन व्यस्त छन् । माथिल्लो हुम्लामा अधिकांश बाली पाकिसकेको छ । चिनो, कागुनो, तिते फापर, मिठे फापर, कोदो, सिमी, भटमास, आलुलगायत बाली थन्क्याउने चटारो रहेको खार्पुनाथकी प्रगति रोकायाले बताईन् । समयमा बाली नभित्र्याउँदा गाईवस्तु जथाभावी खेतबारीमा छोडिने भएकाले बाली भित्र्याउनुपर्ने बाध्यता रहेको उहाँले बताए ।

यसपाली दसैँ चाँडै परेकाले तल्लो हुम्लाका किसानलाई बाली भित्र्याउन सहज भएको छ । बाली पाकिसकेपछि बेलैमा नथन्क्याए झर्ने समस्या हुन्छ । कामको चाप दसैँ सकिए लगतै बढेको छ । बाली थन्क्याउन किसानले खेतमै राति अबेरसम्म काम गर्ने गरेका सिमकोट–२ की गौरी बोहराले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *