ट्राफिक व्यवस्थापनमा स्वमंसेवक बने विद्यार्थी नेता पाण्डे


Please Share:

काठमाण्डौँ । यहि भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनमा ट्राफिक प्रहरी चौकी ध्वस्त भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल अवस्थामा पुगेकाले नागरिकलाई हुन गएकोे सास्तीलाई मध्येनजर गर्दै अनेरास्ववियुका नेता नितिन पाण्डेले उपत्यकाको ट्राफिक व्यवस्थापनमा २ दिन स्वमंसेवा प्रदान गरेका छन् । अनेरास्ववियु पाटन संयुक्त क्याम्पस कमिटी अध्यक्ष समेत रहेका पाण्डेले यतिबेला सबै नागरिकले आफ्नो उत्तरदायित्व बहन गर्नु पर्ने बताए ।

नेपाल ट्राफिक प्रहरी दाजुभाइहरुको २३ र २४ गते भएको आन्दोलनमा प्रदर्शनकारिहरुले (घुसपैठ) गरी कार्यालयमा आगो लगाउदा सबै ड्रेस जलेर नस्ट हुँदा अहिले काठमाडौंमा ट्राफिक व्यवस्थापन गर्न एक्दमै असहज भएकाले र जनताले समस्या खेप्नु नपरोस र सहरको ट्राफिक व्यवस्थापन गर्ने उद्देशयले हिजो र आज निरन्तर दुईदिन हामीले दिनभरी सक्ने जति र आफ्नो तर्फबाट ट्राफिक स्वयम सेवकको काम सुरु गरेका छौ ।

सहजीकरण गर्नु हुने सम्पूर्णलाई धन्यवाद । साथै सम्पूर्ण ट्राफिक प्रहरी प्रति उच्च सम्मान छ”, पाण्डेले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *