डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण


Please Share:

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रवाह हुने सेवा अब सिंहदरबार परिसरबाट लिन सकिने छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा सिंहदरबार परिसरस्थित नेपाली सेनाको नर्सिङ दल गण रहेको स्थानमा निर्माण गरिएको ‘प्रिफ्याब’ भवनबाट स्वास्थ्य मन्त्रालयको सेवा प्राप्त गर्न सकिने छ ।

विश्व स्वास्थ्य सङ्गठनले करिब रु १० करोड खर्च गरेर बनाएका छ वटा ‘प्रिफ्याब’ भवनमा अस्थायी रूपमा तत्कालका लागि मन्त्रालय सारिएको छ । स्वास्थ्य मन्त्रालय सरेसँगै नेपाल सरकारका सबै केन्द्रिय मन्त्रालय सिंहदरबार परिसरभित्र रहने छन् ।

आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमलाई विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा कथेरिन बोहेमले ती भवनका संरचना हस्तान्तरण गरेका हुन् ।

यसअघि त्यहाँ रहेको सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि खाली जग्गामा प्रिफ्याब बनाइएको हो । विसं २०३० मा सिंहदरबार आगलागी भएपछि टेकु हुँदै रामशाहपथ सरेको मन्त्रालय जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि पुनः सिहदरबारभित्र सरेको छ ।

यसअघि गत भदौ २४ गते भवन पूर्ण रूपमा क्षति भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *