तिहार नजिकिदै गर्दा आकासियो सुन, तोलाको दुई लाख ५८ हजार


Please Share:

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तिहार नजिकिदै गर्दा सुनको मुल्य आकासिएको छ ।

आज सुन प्रतितोला रू. २ लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी प्रतितोला रू. ३ हजार ३५० मा किनबेच हुनेछ । बिहीबार सुन प्रतितोला रू दुई २ ५० हजार ९०० र चाँदी प्रतितोला रू ३ हजार २७५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँस ४ हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *