नर्सरी व्यवसाय प्रवर्द्धनका लागी तिहार फ्लोरा एक्स्पो आयोजना हुँदै


Please Share:

काठमाडौँ । नर्सरी व्यवसायी सङ्घ नेपालले तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो २०८२ आयोजना गर्ने भएको छ । तिहारलाई लक्षित गरी फूल, विभिन्न किसिमका बोटबिरुवा तथा नर्सरी व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म एक्सपो आयोजना गर्न लागिएको नर्सरी व्यवसायी सङ्घले जनाएको छ ।

सङ्घका उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले गत वर्षको तुलनामा यस वर्ष अझ व्यापक सहभागिता बढाउने किसिमले प्रचार प्रसार भइरहेको बताए । उहाँका अनुसार नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धन सहित स्वच्छ वातावरणीय आम्दानी तथा रोजगारी सृजनालाई यस एक्स्पोको प्रमुख उद्देश्य बनाइएको छ ।

वनस्पति र बोटबिरुवाको संरक्षण, पुनःरोपण र दिगो उपयोगका माध्यमबाट मानव र वातावरणबीचको सन्तुलन कायम गर्न नर्सरी व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ । यसका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य आवश्यक छ, संयोजक महर्जनले भने, नर्सरी व्यापारिक गतिविधि नभई मानव सभ्यताको संरक्षणसँग पनि सम्बन्धित विषय हो । वनजङ्गल र जैविक विविधता जोगाउन, हरियाली बढाउन र जलवायु सन्तुलनमा योगदान पु¥याउन नर्सरी व्यवसायीको योगदान छ ।

सङ्घले नर्सरी व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति, कानुनी व्यवस्था र अन्तरराष्ट्रिय व्यापार मापदण्डअनुसार अघि बढाउनुपर्नेमा जोड दिएको छ । साथै गुणस्तरीय बीउ, बिरुवा, वनस्पति संरक्षण र अनुसन्धानमा लगानी बढाउनुपर्ने सघले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *