काठमाडौँ । निर्जीवन बिमा व्यवसायी सङ्घका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राष्ट्रिय सम्पत्तिको पुनःनिर्माणमा निजी क्षेत्रको पूर्णसाथ रहने प्रतिबद्धता जनाएका छन् ।
आज सिंहदरबारमा अर्थमन्त्री डा. रामेश्वर खनालसँग भेट गरी जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनःनिर्माणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष मल्लले भने, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायतका महत्त्वपूर्ण सरकारी संरचना पुनःनिर्माणका लागि निजी क्षेत्र र व्यक्तिगत तवरमा पनि सरकारलाई सहयोग गर्न हामी तयार छौँं, मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि गर्न सरोकारवाला सबै जिम्मेवार भएर लाग्न आवश्यक छ ।
मल्लले निजी क्षेत्र सरकारसँग सहकार्य गर्दै मुलुकलाई आर्थिक स्थिरता र दीर्घकालीन समृद्धितर्फ अघि बढाउन सधैँ तत्पर रहेको बताए ।











Leave a Reply