नेपालमा भारतीय लगानी भित्र्याउन हामी प्रयासरत छौँः अध्यक्ष केसी


Please Share:

काठमाडौँ । नेपाल–इन्डिया चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (निक्की) का अध्यक्ष सुनील केसीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानी अझ बढी भित्र्याउन आफूहरु प्रयासरत रहेको बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग आज गरिएकको अन्तरक्रियामा अध्यक्ष केसीले नेपालमा विदेशी लगानी भित्र्याउन लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत र कानुनी सुधार जरुरी रहेको बताए ।

“भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक हुनुहुन्छ, निक्कीले  यसका लागि काम गरिरहेको छ, नेपालमा लगानीका लागि केही सुधार आवश्यक छ, समस्या देखिएका क्षेत्रमा सुधार भए लगानी बढाउन सकिन्छ”, उनले भने । नेपालमा भारतीय लगानी बढाउन निक्कीले भारतको नयाँदिल्लीमा कार्यालय स्थापनाको तयारी गरिरहेको उनको भनाइ थियो ।

“निक्कीको पहिलो प्राथमिकतामा लगानीको सुरक्षा, लगानी प्रवद्र्धन र पुनःलगानी हो । त्यसपछि नयाँ लगानी भित्र्याउनु हो”, अध्यक्ष केसीले भन्नुभयो । नेपालमा भारतीय लगानीकर्तालाई आकर्षित गर्न विभिन्न अवसर प्रदान गर्नुका साथै बजारको आकार पनि मुख्य हुने उहाँको भनाइ थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *