नेपाली चलचित्र ‘धागो’ को ट्रेलर सार्वजनिक


Please Share:

काठमाडौँ । नेपाली चलचित्र धागोको ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक ट्रेलरमा मुख्यगरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको सङ्घर्षलाई देखाइएको छ ।

यस्तै, सङ्घर्षका क्रममा सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छ भने सन्तानको सपना र इच्छा पूरा गर्न गरिने हरेक मातापिताको अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । विछोडको पीडालाई पनि ट्रेलरले समेटेको छ ।

गहन कथावस्तुका बाबजुद, दर्शकलाई केही क्षणको राहत दिनका लागि केही मात्रामा हास्य रस पनि समावेश गरिएको छ । उदीप राणा थापा निर्देशित यो चलचित्र नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ । यसले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिविम्बित गर्ने निर्देशकले बताए ।

चलचित्रमा अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छ भने अभिनेत्री वर्षा राउत, कलाकारमा प्रभात थापा, शुरभी थापा, बुद्धि तामाङ, सुनील थापालगायतले अभियन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *