बूढानीलकण्ठका एक सय पाँच वर्षीय चन्द्रबहादुर खड्काले गरे मतदान


Please Share:

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक खड्काले आफूलाई खुशी लागेको बताए । उनले भने, “यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।”

मतदान केन्द्रमा लामबद्ध मतदाताहरूले उनलाई सम्मान प्रकट गर्दै धेरैले उनीसँग फोटो खिचेर मतदानको क्षणलाई स्मरणीय बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *