काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले आफू मन्त्री बन्न लागेको हल्ला निराधार रहेको बताउँदै अहिले उक्त दौडमा नभएको बताएकी छिन् । एक भिडियो सन्देश जारी गर्दै श्रेष्ठले आफूले अवसर पाइसकेको हुँदा युवालाई साथ दिन भने तत्पर रहेको बताएकी छिन् ।
पछिल्लो विद्रोहमा युवाले पुर्याएको योगदानलाई अवमूल्यन गर्न नहुने समेत उनको तर्क छ । सधैंभरि सत्ता र शक्तिमा रहिरहनुपर्छ भन्ने पुरानो सोचको अन्त्य गर्नुपर्ने र युवाको विद्रोहको स्पिरिटलाई बुझेर काम गर्नुपर्ने उनको भनाइ छ ।
मेरो बारेमा गलत हल्ला फैलाइएको रहेछ । धेरैले सन्देश पठाइरहनुभएको छ । धेरै भाइ–बहिनीहरुको दाहसंस्कार पनि सकिएको छैन । म क्यबिनेट जाने होइन । पछाडिको सिटमा बसेर सहयोग गर्ने हो, उनले भनेकी छिन् ।
श्रेष्ठले सत्तालाई सेवा भावमा सोच्न र कुसीलाई कर्म मान्नुपर्ने आफ्नो सोच रहेको बताएकी छिन् ।











Leave a Reply