काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा देखिएका समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । देशको शासन प्रणालीमा देखिएका गम्भीर समस्या समाधानका लागि संविधान संशोधन अनिवार्य आवश्यकता बनिसकेको बताएका छन् ।
स्थानीय नेतृत्व विकास मञ्चद्वारा आज आयोजित नेपालमा सङ्घीयताको एक दशक एक समीक्षा र भावि कार्यदिशा विषयक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले सङ्घीयताको कार्यान्वयन, निर्वाचन प्रणाली र शासकीय स्वरूपमा देखिएका कमजोरीलाई सम्बोधन गर्न प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले तीन तहको सरकारको संरचना र अधिकारमा पनि स्पष्टता आवश्यक रहेको बताए । अहिलेको सत्ता गठबन्धनमा भएको सात बुँदे सहमतिमा संविधान संशोधन गर्ने उल्लेख भएकाले अब यसलाई गम्भीरताका साथ अगाडि बढाउनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।











Leave a Reply