रामेछाप बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा


Please Share:

रामेछाप । रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । आज आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बालमैत्री शासनयुक्त नगर घोषणा गरेका हुन् ।

बालबालिकाको विकास, सहभागिता, संरक्षण, संस्थागत विकासका ५१ वटा सूचक पार गरिएकाले बाल श्रम, बाल विवाहमुक्त स्थानीय शासनयुक्त नगर घोषणा गरिएको हो ।

नगरमा रहेका सात हजार ८८ घर तथा ३६ हजार छ सय २१ जनसङ्ख्या रहेका छन् । त्यसमा १७ हजार चार सय ९३ महिला र १९ हजार एक सय २८ पुरुष रहेका छन् । त्यसमध्ये १८ वर्षमुनिका १० हजार दुई सय ४१ जना बालबालिका सबै समस्याबाट मुक्त रहेकाले यस्तो घोषणा गरिएको नगरप्रमुख लवश्री न्यौपानेले बताए ।

उनका अनुसार समुदाय स्तरमा ८३ र विद्याय स्तरमा ३० गरी कुल ११३ तथा वडा स्तरमा नौ र नगर स्तरमा एक गरी १० वटा बाल सञ्जालमा गरी दुई हजार ४२ जना बालबालिका आबद्ध छन् । यस्तै, वडा तथा नगर स्तरमा गठन भएका विभिन्न समिति तथा संरचनामा १७० बालबालिकाको सहभागिता रहेको छ ।

बागमती प्रदेशका बालमैत्री स्थानीय शासनयुक्त नगरमध्ये रामेछाप नगर १२ औँ स्थानमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *