महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुन् । तर उहाँको परिचय शिक्षकमा मात्रै सीमित छैन । उहाँ हाल व्यावसायिक कृषकको रुपमा पनि परिचित छन् । विसं २०७५ देखि केराखेती गर्दै आएका घिमिरेले हाल साढे आठ बिघा जमिन भाडामालिएर केराखेती गरिरहेका छन् ।
“वार्षिक रु पाँच लाख भाडा तिर्ने गरी जमिन लिएर केराखेती गरिरहेको छु,” घिमिरेले भने, “वार्षिक केराखेतीबाट रु १० लाख मुनाफा हुन्छ ।” उनले केराखेतीबाट भएको आम्दानीले प्रत्येक वर्ष क्षेत्र विस्तार गर्नाका साथै छोराछोरीको अध्ययन खर्च जुटाइरहेको बताउए ।











Leave a Reply