काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पु¥याउन सरकारसँग आग्रह गरेको छ ।
विस्तृत शान्ति सम्झौताको भएको १९ वर्ष पुगेको सन्दर्भमा आज आयोगमा प्रवक्ता डा टीकाराम पोखरेल जारी गरेको प्रेस विज्ञप्तिमा पीडितले राखेका गुनासाहरुको तत्काल सम्बोधन गर्न, राष्ट्रिय मानव अधिकार आयोगले यसअघि गरेका द्वन्द्वकालीन उजुुरीहरुउपरका सिफारिसहरु कार्यान्वयन गर्न र सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउँदा पीडितको सन्तुष्टिमा ध्यान केन्द्रित गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताबाट प्रारम्भ भएको शान्ति प्रक्रियाको १९ वर्ष भएको छ । विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका केही कार्य पूरा भए तापनि द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने कार्य पूरा हुन नसक्दा पीडितको समयमै न्याय प्राप्त गर्ने अधिकार कुण्ठित बन्न पुगेको आयोगठको ठहर छ ।
आयोगले पीडितले आफ्ना उजुरीको गोपनीयतामा शङ्का गरेको, न्याय प्राप्तिमा ढिलाइ हुँदा थप पीडा महसुस भएको, आयोगहरुको गठन प्रक्रियामा आफूहरुसँग पर्याप्त छलफल नभएको, कतिपयले निःशुल्क उपचार नपाएको, द्वन्द्वपीडितको विषयमा सरकार र दल गम्भीर नभएको, जेन्जी आन्दोलनपश्चात् आफ्ना अधिकारका सवाल छायाँमा पर्ने सम्भावना रहेको जनाएको छ ।











Leave a Reply