संसद् विघटन जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण : राष्ट्रिय जनमोर्चा


Please Share:

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा विघटन गर्ने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णय गलत भएको जनाउँदै त्यसको विरोध गरेको छ । शनिबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोध गरेका हुन् ।

संसद् विघटन जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भएको बताउँदै जेनजी आन्दोलनका अगुवाहरूको मागका विरुद्ध राष्ट्रपतिले अडान लिन नसकेको आरोप समेत लगाएको छ ।

जेनजी आन्दोलनलाई राजावादीहरू समेत आफ्नो पक्षमा लैजाने कसरत गरेको बताउँदै तर उनीहरू त्यसमा सफल हुन नसकेको विज्ञप्तिमा जनाइएको छ ।

जनमोर्चाले संसद् बाहिरबाट अन्तरिम सरकारको गठन र संसद्को विघटनबाट प्रतिगामी शक्तिहरूलाई मद्दत पुग्न नहुने भन्दै गणतन्त्रका पक्षधर सम्पूर्ण राजनीतिक दलहरूको ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *