सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना : यात्रु थिएनन्, पाइलट सकुशल


Please Share:

सोलुखुम्बु । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।

हेलिकप्टरमा पाइलटबाहेक अन्य यात्रु नरहेको र पाइलट विवेक खड्का भने सकुशल रहेको उनले बताइन् ।

पर्यटकहरूले हेलिकप्टर दुर्घटना भयो भन्दै कराएको भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् ।

लुक्ला विमानस्थलका अनुसार बिहान अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो ।

उक्त हेलिकोप्टर बिहान ७स् ४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *