प्रदेश
-

महोत्तरीका वन क्षेत्रबाट ढालिए सालका रुख
महोत्तरी । जेन जी प्रदर्शनको मौका छोपेर महोत्तरीका वन क्षेत्रमा सयौँको सङ्ख्यामा सालका रुख ढालिएका छन् । पूर्वपश्चिम राजमार्गबाट बर्दिवास–५ टुटेश्वरधाम र गणन्ता बस्ती जाने सडक छेउका दुई सय २५ वटा सालका रुख ढालिएको डिभिजन वन कार्यालय महोत्तरीले पुष्टि गरेको छ । बर्दिवास–५ मा पर्ने टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्छ । गत मङ्गलबारदेखि…
-

चुलु सुदूरपूर्व हिमाल आरोहरणका लागि खुला
काठमाडौं । सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरेको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । सो हिमालको कुल उचाइ छ हजार ३८ मिटर रहेको छ । सो हिमाल आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविरतर्फ जान सकिनेछ…
-

रामेछाप बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा
रामेछाप । रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । आज आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बालमैत्री शासनयुक्त नगर घोषणा गरेका हुन् । बालबालिकाको विकास, सहभागिता, संरक्षण, संस्थागत विकासका ५१ वटा सूचक पार गरिएकाले बाल श्रम, बाल विवाहमुक्त स्थानीय शासनयुक्त नगर घोषणा गरिएको हो । नगरमा रहेका सात हजार ८८…

