फिचर
-

सिरहामा आँपका बगैँचा ढकमक्क मञ्जरीले भरिए, उत्पादन बढ्ने अपेक्षा
सिरहा । धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त मञ्जरी लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन् । धनगढी जस्तै जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको छ । अधिकांश बोटमा राम्रो मञ्जरी लागेकाले यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको कृषि…
-

प्रतिनिधिसभामा नयाँ पुस्ताको बलियो प्रवेश, यी हुन् ३५ वर्षमुनिका माननीयहरू
काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ । यसपटक प्रतिनिधिसभा…
-

रास्वपाको पक्षमा मुलुकभर जनलहर, पुराना दलका को-को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भएको थियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तत्कालीन प्रतिनिधिसभा विघटन गरेसँगै यो निर्वाचन गरिएको हो…
-

छानबिन आयोगले प्रधानमन्त्री कार्कीलाई एक हजार पृष्ठको प्रतिवेदन बुझायो
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य थिए। प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि…
-

झापा-५ मा बालेन्द्र शाह भारी मतान्तरसहित विजयी, केपी शर्मा ओली पराजित
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा धेरै ध्यान केन्द्रित भएको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह भारी मतान्तरसहित विजयी भएका छन् । यस क्षेत्रमा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका हुन्। निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा सीमित भएका…
-

शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकारलाई कांग्रेसले दियो धन्यवाद
काठमाडौं । नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएको छ । सभापति गगनकुमार थापाले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन् । उनले भनेका छन्, “प्रतिनिधिसभाको निर्वाचनमा…
-

बूढानीलकण्ठका एक सय पाँच वर्षीय चन्द्रबहादुर खड्काले गरे मतदान
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक खड्काले आफूलाई खुशी लागेको बताए । उनले भने, “यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने…
-

मतदातासँगै मनाङमा पर्यटकको चहलपहल
मनाङ । मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका संरक्षण शिक्षा सहायक भुपेन्द्र गुरुङले प्रत्येक सवारीसाधनमा मतदातासँगै पर्यटकको आगमन बढ्दै गएको बताए । “मतदाता फर्कन थालेसँगै पर्यटकको आगमन भइरहेको छ”, उनले भने, “दैनिक रूपमा ५०–६०…
-

निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने प्रचण्डको विश्वास
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरो छन् । भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू…
-

आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छिन् । उनले आज सामाजिक सञ्जालमार्फत आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै भनेकी छिन्, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु ।” प्रधानमन्त्री कार्कीले मतदाताको…
