विदेश

  • सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

    सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

    बैङ्कक । म्यानमाको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान सुकीको पूर्ण तथा निःशर्त रिहाइका लागि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)ले गरेको आह्वान अस्वीकार गरेको छ । म्यानमाको विदेश मन्त्रालयले आसियानको विशेष दूतको आवश्यकता पनि नरहेको जनाएको छ । राष्ट्रपति मिन आङ ह्लाइङले सन् २०२१ मा सुकी नेतृत्वको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि म्यानमाले…

  • आँधी र बाढीपछि चीनमा टाइफुनको खतरा

    आँधी र बाढीपछि चीनमा टाइफुनको खतरा

    बेइजिङ । एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ । अधिकारीहरूले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ । प्रतिघण्टा १६२ किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन ‘बवी’ शुक्रबार ताइवानको उत्तर…

  • ट्रम्पको युद्ध धम्कीले इरानी जनता सडकमा, दुई हप्ताको अस्थायी युद्धविराम

    ट्रम्पको युद्ध धम्कीले इरानी जनता सडकमा, दुई हप्ताको अस्थायी युद्धविराम

    काठमाडौं । अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबीच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विनाशकारी आक्रमणको चेतावनी फिर्ता लिएपछि भएको यस सहमतिले तत्कालका लागि तनाव घटाएको भए पनि क्षेत्रीय अवस्था अझै अस्थिर देखिएको छ । निर्धारित समयसीमा सकिन केही घण्टाअघि ट्रम्प प्रशासन युद्धबाट पछि हट्दै वार्ताको…

  • नयाँ कर लागूसँगै अमेरिकी परिवारमाथि कति भार थपिएला ?

    नयाँ कर लागूसँगै अमेरिकी परिवारमाथि कति भार थपिएला ?

    काठमाडौं । सर्वोच्च अदालतले विश्वव्यापी करसम्बन्धी पुरानो निर्णय खारेज गरिदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीति पुनर्संरचना गर्दै आयातित वस्तुहरूमा नयाँ अमेरिकी कर मङ्गलबारदेखि लागू गराएका छन् । सुरुमा १० प्रतिशत कायम गरिएको यो करलाई ह्वाइट हाउसले ‘संयुक्त राज्य अमेरिकाको गम्भीर भुक्तानी सन्तुलन घाटा सम्बोधन गर्ने उपाय’ का रूपमा व्याख्या गरेको छ । राष्ट्रपति ट्रम्पले…

  • एआई प्रतिस्पर्धामा भारतको महत्त्वाकांक्षी योजना सार्वजनिक, एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान

    एआई प्रतिस्पर्धामा भारतको महत्त्वाकांक्षी योजना सार्वजनिक, एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान

    काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले अभूतपूर्व परिमाणको ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ । आन्ध्र प्रदेश सरकारले विशाखापट्टनमलाई केन्द्रमा राख्दै एआई पूर्वाधार, डाटा सेन्टर र उच्च क्षमतायुक्त डिजिटल इकोसिस्टम निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो । आन्ध्र प्रदेशका सूचना प्रविधिमन्त्री नारा लोकेशले एआई क्रान्ति…

  • सन् २०२५ : भारत – चीन प्रतिस्पर्धाले विश्व इतिहासमा निर्णायक वर्षका रूपमा स्मरणीय

    सन् २०२५ : भारत – चीन प्रतिस्पर्धाले विश्व इतिहासमा निर्णायक वर्षका रूपमा स्मरणीय

    काठमाडौं । आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । । यो विश्व इतिहासमा निर्णायक वर्षका रूपमा स्मरणीय रहने छ । यो वर्षले विश्व राजनीतिमा शक्ति सन्तुलनको पुनर्संरचना, युद्ध र शान्तिको द्वन्द्व, आर्थिक अनिश्चितता, जलवायु सङ्कट, प्रविधिगत परिवर्तन र सामाजिक रूपान्तरणलाई एकैसाथ उजागर गरेको छ । भारत र चीनजस्ता एसियाली महाशक्तिदेखि अमेरिका, युरोप, मध्यपूर्व र…

  • इजरायलले हमासको कब्जामा रहेको एक थाइल्यानीको शव ल्यायो, अब इजरायली एक सिपाही बाँकी

    इजरायलले हमासको कब्जामा रहेको एक थाइल्यानीको शव ल्यायो, अब इजरायली एक सिपाही बाँकी

    काठमाडौं । इजरायल सरकारले हमासले बन्धक बनाएर हत्या गरेको थाइल्याण्डका एक जना पुरुषको शव ल्याएको छ । दुई वर्ष अघि अपहरण गरि हत्या गरेको हमासले दुई वर्षपछि इजरायलसँगको सम्झौंता अनुसार ४२ वर्षीय थाइल्यानीको शव फिर्ता गरेको हो । उक्त शव पोष्टमार्टम परिक्षण मार्फत थाइल्याण्डको नागरिक भएको इजरायलले पुष्टि गरेको छ । उक्त शव आबुकाबिरमा पोष्टमार्टम…

  • खमासले अपहरण गरी हत्या गरेको एक सेनाको लाश इजरायलले ११ वर्ष पछि ल्यायो 

    खमासले अपहरण गरी हत्या गरेको एक सेनाको लाश इजरायलले ११ वर्ष पछि ल्यायो 

    काठमाडौं । इजरायल सरकारले आफ्नो सुरक्षाकर्मी खमासले अपहरण गरि हत्या गरेका एक सेनाको लास ११ वर्ष तिन महिना एक हप्ता पछि प्राप्त गरेको छ । अर्काको देशभित्र छिरेर खमासले पोसाकमै रहेका ति सेनालाई अपहरण गरि बन्धक बनाइएको थियो । आइतबार प्राप्त गरेको लाश डीएनए टेस्ट गरि मंगलबार उच्च सम्मानका साथ अन्त्येष्टी गरेको छ । इजरायलमा…

  • भारतबाट १६ बालबालिकाको उद्धार

    भारतबाट १६ बालबालिकाको उद्धार

    जनकपुरधाम । भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ । मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ संस्थाले उद्धार गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको…

  • थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

    थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

    काठमाडौं । थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । विज्ञप्ति अनुसार मुमा महारानी सिरिकितको केही समयदेखि रक्त सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेका थियो । मेडिकल टोलीको निरन्तर…