काठमाडौं । इजरायल सरकारले हमासले बन्धक बनाएर हत्या गरेको थाइल्याण्डका एक जना पुरुषको शव ल्याएको छ ।
दुई वर्ष अघि अपहरण गरि हत्या गरेको हमासले दुई वर्षपछि इजरायलसँगको सम्झौंता अनुसार ४२ वर्षीय थाइल्यानीको शव फिर्ता गरेको हो । उक्त शव पोष्टमार्टम परिक्षण मार्फत थाइल्याण्डको नागरिक भएको इजरायलले पुष्टि गरेको छ । उक्त शव आबुकाबिरमा पोष्टमार्टम गरिएको थियो ।
आफ्नो देशमा रहेका जुनसुकै देशका नागरिकलाई इजरायलले आफ्नै नागरिक सरह प्राथमिकता दिएर हमाससँग कि लास कि सास ? को खोजी गर्दै आइरहेको छ । अझै हमासको अपहरणमा परेका एक सिपाहीलाई इजरायलले फिर्ता गर्न पहल गरिरहेको इजरायलमा रहनुभएकी पवित्रा गौतमले जानकारी दिनुभयो ।












Leave a Reply