समाज
-

सुकुमबासीले बस्ती खाली गराउन बालेन सरकारलाई सहयोग गरे, हुकुमबासीहरु टाप कसे
काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी राखेको छ । यसक्रममा आज काठमाडौँ महानगरपालिका वडा नं ११ थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको बस्ती खाली गरिएको छ । कामपा वडा नं ९ स्थित गैरीगाउँ- सिनामङ्गल र वडा नं ३१ स्थित शान्तिनगरमा बस्ती खाली…
-

स्याउ फूलेर सेताम्मे मुस्ताङ
मुस्ताङ । स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरु फूलेर सेताम्मे हुँदै जान थालेका हुन् । स्याउको राजधानीका रुपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगैस्याउ बोटहरुमा फूल फुलेर सेताम्मे हुन थालेको बताए । स्याउलाई चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक उनको भनाइ छ…
-

भक्तपुरमा बिस्केट जात्राको रौनक, पर्यटकको घुइँचो
भक्तपुर । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडाँै, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । पचपन्न हात लामो, नाङ्लो…
-

सिँचाइ दिवस : कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर्याउन अझै चुनौती
काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ दिवस मनाउँदै आएको छ ।…
-

काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध प्रहरीको कडा निगरानी
काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ । पछिल्ला दिनहरूमा बढ्दो सवारी दुर्घटनाका मुख्य कारणमध्ये मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन ९लापसे० तथा ट्राफिक नियम उल्लङ्घन पनि रहेको निष्कर्षपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले…
-

रोकिएन यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, सात जना पक्राउ
काठमाडौं । काठमाडौँ महानगरपालिका-१५ सानो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् । उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज अपराह्न उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय विज्ञान…
-

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न आदेश
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ। न्यायाधीश आनन्द श्रेष्ठको इजलासले दुवै जनालाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो। प्रहरीले चैत १४ गते पक्राउ गरी आइतबार अदालतमा उपस्थित गराएपछि म्याद थपको अनुमति प्रदान गरिएको हो। शनिबार बिहान…
-

होलीमा राजनीतिक प्रतीक प्रयोग नगर्न र घरभित्रै मनाउँन जिप्रका काठमाडौंको आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिकस्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेको छ । कार्यालयद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आआफ्नो घर परिषरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन बाधा नपर्ने स्पष्ट पार्दै खुला सडक र सार्वजनिक स्थानमा अनावश्यक भीड…
-

वसन्तपुरमा चीर ठड्याइएसँगै सुरु भयो फागुको रौनक
काठमाडौं । काठमाडौँको वसन्तपुरमा रहेको कुमारी घर र गद्दी बैठक छेउमा कपडाको रङ्गीचङ्गी ध्वजायुक्त चीर ठड्याइएसँगै यस वर्षको फागुको रौनक सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँकै तँलाछीका धालासिक्व मानन्धर सनाः गू खलका सदस्यहरूले चीर ठड्याउने चलन छ । यो वसन्त ऋतुको आगमन भएको सङ्केत पनि हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले…
-

आर्थिक विपन्नता भएकालाई छुट दिने स्पष्ट कानुन बनाउन सरकारको नाममा निर्देशनात्मक आदेश
काठमाडौं । सर्वोच्च अदालतले आर्थिक विपन्नता वा न्यून आर्थिक आयस्रोत भएका व्यक्तिको पहिचानको आधार एवं मापदण्ड निर्धारण गरी त्यस्ता व्यक्तिलाई अदालती शुल्क मिनाहा वा छुट दिने सकिने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्न सरकारको नाममा निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले २०८२ जेठ २९ गतेको आदेशको पूर्णपाठमा तीनबँुदे निर्देशनात्मक…
