समाज
-

बाँकेमा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी
बाँके । भूमि समस्या समाधान आयोगले बाँकेमा पुनः काम सुरु गरेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका दुई हजार १०१ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणको तयारी गरेको आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिए । उनका अनुसार आयोगकोे हालैको बैठकले जिल्लाको कोहलपुर नगरपालिका,…
-

भोजपुर सदरमुकाममा पानीको सङ्कट अन्त्य
भोजपुर । भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ । आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको छ । समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना…
-

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै संविधान, ऐन र नीति नियममा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले आवश्यकता पहिचान गरी ज्येष्ठ नागरिकको विषयलाई नीति, योजना, कार्यक्रम र बजेटको प्राथमिकतामा राख्न, सीप, अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न आग्रह गरेको हो । “ज्येष्ठ नागरिकको सम्मानमा जोड दिन आयोग…
-

शीतलहरले जनजीवन प्रभावित, तराईका चोकचोकमा दाउरा बाल्न थालियो
सिरहा । शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो । शीतलहरबाट बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न थालेका छन भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घट्दै गएको छ । चिसोको प्रभाव बढ्दै गएपछि लहान…
-

समाजसेवी पवित्राको आर्थिक सहयोगमा बन्यो जेनजीले जलाइदिएको यात्रु प्रतीक्षालय
काठमाडौं । समाजसेवी पवित्रा गौतमको आर्थिक सहयोगमा गौशालामा यात्रु प्रतीक्षालय निर्माण भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँको गौशला स्थित प्रहरी चौकी र यात्रु प्रतीक्षालय पूर्ण रुपमा ध्वस्त भएको थियो । इजरायलमा कर्मथलो बनाउदै आएकी गौतम त्यसबेला नेपालमा थिइन् । यात्रु प्रतीक्षालय समेत जलेको देखेपछि निर्माणका लागि आर्थिक…
-

खम्बा पुगे बिजुली पुगेन, गाडिएका खम्बा कपडा सुकाउने र घाँस राख्ने थामोका रूपमा प्रयोग
डडेल्धुरा । भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन । उनले चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो गरे । उनले गाडिएका खमबा हाल कपडा सुकाउने र घाँस राख्ने थामोका रूपमा प्रयोग गसररहेका…
-

बालश्रम अन्त्य गर्न आग्रह
काठमाडौं । राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालश्रम बालअधिकारको गम्भीर उल्लङ्घन हुँदै आएकाले श्रमिक बालबालिकाको सुरक्षा, सशक्तीकरण तथा भविष्य निर्माणका लागि हातेमालो गर्न आग्रह गरेका छन् । राष्ट्रिय बाल संरक्षण सञ्जाल र शिक्षा अधिकार अनुगमन समूहको आयोजनामा, लुिनभा, सिविस, बालविकास समाज, स्वतन्त्रता अभियान तथा बालकल्याण समाज मकवानपुरको सहकार्यमा ‘बालश्रम अन्त्यका लागि शिक्षाः अन्तरसम्बन्ध र…
-

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गरेका छन् । उनले भनेका छन्, “युवापुस्ताको आन्दोलनपश्चात् देशमा विकसित राजनीतिक परिस्थितिलाई सम्पूर्ण नेपाली जनताका साथै अन्तरराष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको छ, देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान सरकार, राजनीतिक दल,…
-

शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्याउन मानव अधिकार आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पु¥याउन सरकारसँग आग्रह गरेको छ । विस्तृत शान्ति सम्झौताको भएको १९ वर्ष पुगेको सन्दर्भमा आज आयोगमा प्रवक्ता डा टीकाराम पोखरेल जारी गरेको प्रेस विज्ञप्तिमा पीडितले राखेका गुनासाहरुको तत्काल सम्बोधन गर्न, राष्ट्रिय मानव अधिकार आयोगले यसअघि गरेका द्वन्द्वकालीन उजुुरीहरुउपरका सिफारिसहरु कार्यान्वयन गर्न र सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा…
-

व्यावहारिक ज्ञान र सीपमूलक शिक्षा आजको आवश्यकता राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा आज आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन उनले यस्तो शिक्षाले नै अहिलेको चुनौती सामना गर्न सक्नेमा जोड दिए । देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको…
