फिचर
-

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटिए, पर्यटक भित्र्याएर आम्दानी र रोजगारीको अवसर सिर्जना गर्न सकिने
म्याग्दी । धवलागिरि गाउँपालिकाको वडा नं –२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो । “एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो,” जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन…
-

आठ पार्टीबीच एकता हुने, घोषणा कात्तिक १९ गते
काठमाडौँ । विभिन्न आठ पार्टीबीच एकता हुने भएको छ । ती पार्टीले आज ‘पार्टी एकता सहमति पत्र’ जारी गरी १९ गते एकता घोषणा गर्ने जनाएका हुन् । सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी–समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (चिरन पुन)…
-

नेपाली चलचित्र ‘धागो’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । नेपाली चलचित्र धागोको ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक ट्रेलरमा मुख्यगरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको सङ्घर्षलाई देखाइएको छ । यस्तै, सङ्घर्षका क्रममा सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छ भने सन्तानको सपना र इच्छा पूरा गर्न गरिने हरेक मातापिताको अथक प्रयासलाई भावनात्मक रूपमा…
-

निःशुल्क आँखा शिविरबाट चार सय २१ जना लाभान्वित
सिरहा । लहान नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा जनता मावि गाढामा आज वडा नं १९ र २३ का स्थानीयवासीका लागि निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । शिविरबाट ४२१ जना स्थानीयवासीले निःशुल्क आँखा जाँचसम्बन्धी सेवा लिएका छन् । जाँच गरिएकामध्ये १४५ जनामा मोतिविन्दु देखा परेको वडा नं १९ का…
-

वर्तमान राजनीतिक सङ्कट समाधानका लागि वाम शक्तिको पुनर्गठन आवश्यक : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा उत्पन्न राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठन गर्नुपर्ने आवश्यकता बढ्दै गएका बताएका छन् । आज आयोजित भेलामा उनले पार्टीलाई व्यापक पुनर्गठन गरी सङ्गठनलाई थप सशक्त गर्न आवश्यक रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले राजनीतिमा युवालाई अगाडि बढाउन पार्टी नेतृत्व पुस्तान्तरण गर्दै पुराना…
-

गायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
काठमाडौँ । गायक अशोक दर्जीको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ निर्माण गरिएको छ । गायक दर्जीलाई सडकबाट उद्धार गरेर गायनसम्म साथ दिनुभएका सङ्गीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशमा उक्त चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ । निर्देशक बुढाथोकीले गायक दर्जीको बाल्यकालका घटनाक्रम,…
-

सरकारले तत्काल राजदूत नियुक्त गर्दैनः सञ्चारमन्त्री खरेल
काठमाडौँ । सरकारले रिक्त रहेका देशमा तत्काल राजदूत नपठाउने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तत्काल राजदूत नियुक्त नगर्ने बताएका छन् । “रिक्त रहेका देशमा राजदूत नियुक्त तत्काल हुँदैन, राजदूतावास रहेका दोस्रो तहका कर्मचारीबाट चलाउन सकिन्छ, सरकार…
-

भारतबाट १६ बालबालिकाको उद्धार
जनकपुरधाम । भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ । मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ संस्थाले उद्धार गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको…


