फिचर
-

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ, अन्तिममा अन्य दुईको किन रोकियो ?
काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सपथ लिएका हुन् । यसअघि आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ…
-

थाई एशियाको भैरहवा-बैंकक उडान पुनः सुरु
रुपन्देही । थाई एशिया एयरले बैंकक(भैरहवा(बैंकक उडान आजदेखि पुनःसुरु गरेको छ । आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ः०० बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १ः१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । उनका अनुसार एयरलाइनले बैंकक-भैरहवा-बैंकक…
-

केही समय सुस्ताएको पोखरा आन्तरिक र बाह्य पर्यटकले भरिभराउ, पर्यटन क्षेत्रमा राहत
पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छभने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ । अन्नपूर्ण हिमशृङ्खलाको मनोरम…
-

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन
काठमाडौं । थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । विज्ञप्ति अनुसार मुमा महारानी सिरिकितको केही समयदेखि रक्त सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेका थियो । मेडिकल टोलीको निरन्तर…
-

तिहार सकिए संगै छठको तयारीमा स्थानीय, हाटबजारमा बढ्यो भिडभाड
सिरहा । लक्ष्मीपूजाको छैटौँ दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिनदेखि सुरु हुने छठपर्व नजिकिँदै गर्दा सिरहासहित मधेस प्रदेशका विभिन्न स्थानका स्थानीय बजारहरूमा किनमेलको चहलपहल बढेको छ । लहान नगरपालिका–५ स्थित नयाँ बजारको साप्ताहिक हटियामा शुक्रबार बिहानदेखि नै छठ पूजाका सामग्री किन्ने भक्तजनहरूको ठूलो भीडभाड देखिएको छ । बाँस, माटो, फलफूल र हरियो तरकारीसहितका सामान खरिद…
-

कोशी पर्यटन वर्षको छ महिना पूरा, भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड
मोरङ । प्रदेशको पर्यटन विकास र प्रवद्र्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ महिना पूरा गरिसकेको छ । भारतको बिहार घर भएका कमलेश शर्मा आफ्ना चार जनाको परिवारसहित एक सातादेखि नेपाल बसिरहेका छन् । ‘यसअघि…
-

हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको जलविद्युत् आयोजना
काठमाडौं । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो ।…
-

आन्दोलनका घाइतेसँग प्रधानमन्त्रीको छलफल, आन्दोलनको मर्मअनुसार अगाडी बढ्ने प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा घाइतेले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध प्रस्तुत हुन सुझाव दिएका छन् । घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार…


