फिचर
-

सदर चिडियाखानामा कालो रङको चितुवा
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो । पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा…
-

जेनजी युवाको अभिभावक नेपाली कम्युनिष्ट पार्टी हो : संयोजक दाहाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने माग राख्ने जेनजी युवाको अभिभावक नै नेकपा भएको बताएका छन् । नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले आसन्न महाविशेन र निर्वाचनमा “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले…
-

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्री कार्कीको चासो, मागिन प्रगति विवरण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छिन्। प्रधानमन्त्री कार्कीले आज दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी, रजिस्ट्रार प्रा. केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् । छलफलमा…
-

महिला क्रिकेट टोली भारत प्रस्थान
कञ्चनपुर । नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा यही कात्तिक २७ गतेदेखि मङ्सिर ३ गतेसम्म भारतको देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न उक्त टोली भारत प्रस्थान गरेको हो । महिला टोलीलाई जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरले आज यहाँ एक कार्यक्रमबीच बिदाइ गरेको हो । देहरादुनमा हुने सो प्रतियोगितामा…
-

निर्वाचनले संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा आज आयोजित ‘आगमी प्रतिनिधिसभाको निर्वाचन, चुनौती र अवसर’ विषयक अन्तरक्रियामा उनले सरकार, राजनीतिक दल, जेनजी पुस्ता, नागरिक समाजबीचको हार्दिकतापूर्ण संवादको माध्यमबाट त्यसखाले निर्वाचनको वातवारण बनाउन सकिने धारणा व्यक्त गरेका हुन् । संविधान निगरानी समूहका अध्यक्षसमेत रहनुभएका…
-

पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैनः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने बताएकी छिन् । कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्की धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताइन् । कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…
-

कोशी टप्पुमा देखिन थाले साइवेरिया र रुससम्मका पाहुना चरा
विराटनगर । सुनसरीको कुशहास्थित कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा पाहुना चराहरु देखिन थालेका छन् । हिउँदयाम प्रारम्भ भएसँगै पाहुना चराहरु विचरणका लागि आउने गरेको आरक्षणका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए । उनका अनुसार सिमसार र जलाशय रहेको सो क्षेत्रमा २२ वटा डल्फिन पनि रहेको पत्ता लागेको छ । प्रत्येक दुई वर्ष चराको गणना…
-

घर फर्क राष्ट्रिय अभियान : एमालेमा को को भित्रिए ?
काठमाडौं । घर फर्क राष्ट्रिय अभियानअन्तर्गत आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा फर्किएका छन् । राष्ट्रियसभा गृहमा आज आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेत्री झाँक्री, किसान श्रेष्ठसहितलाई एमालेमा स्वागत गरे । एमालेका कार्यालय सचिव…
-

जेनजी आन्दोलनलाई संस्थागत गर्न भट्टराईको सुझाव
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहका प्रतिनिधिहरुलाई सुझाव दिएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच आज यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्ष डा. भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई वर्तमान सरकारले संस्थागत गर्नुपर्नेमा जोड दिए । साथै उहाँले जेनजीका विभिन्न…

