फिचर
-

चाडबाडकै बीचमा किसान बाली भित्र्याउन व्यस्त
सिमकोट । बढादशैँ सकिएसँगै हुम्लाका किसान यतिबेला बाली भित्र्याउने काममा व्यस्त देखिएका छन् । किसानले यतिबेला खेतमा लगाएको विभिन्न बाली भित्र्याउन थालेका छन् । मौसम सफा भएसँगै बाली भित्र्याउने चटारोले छोएको छ । सदरमुकामवासीले फापर, चिनो, सिमी, कोदो, कागुनोलगायत बाली घरमा भित्र्याइसकेका छन् । उनीहरुले हिउँदमा गाईवस्तुका लागि घाँस मात्रै भित्र्याउन बाँकी रहेको सिमकोट गाउँपालिका–५…
-

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय
काठमाडौँ । विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ)ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो ।…
-

नर्सरी व्यवसाय प्रवर्द्धनका लागी तिहार फ्लोरा एक्स्पो आयोजना हुँदै
काठमाडौँ । नर्सरी व्यवसायी सङ्घ नेपालले तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो २०८२ आयोजना गर्ने भएको छ । तिहारलाई लक्षित गरी फूल, विभिन्न किसिमका बोटबिरुवा तथा नर्सरी व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म एक्सपो आयोजना गर्न लागिएको नर्सरी व्यवसायी सङ्घले जनाएको छ ।…
-

नेपाल प्रहरी श्रीमती सङ्घद्धारा स्वर्ण विजेता एरिका सम्मानित
काठमाडौँ । नेपाल प्रहरी श्रीमती सङ्घले अन्तरराष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई आज नगदसहित सम्मान गरेको छ । सङ्घले भृकुटीमण्डपस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गर्दै एरिकालाई रु. २५ हजार ५५५ सहित सम्मान गरेको हो । सङ्घकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्र द्वारा सम्मान गरेका थिए । सोही अवसरमा सङ्घले नेपाली…
-

सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण आवश्यक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता भलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण आवश्यक रहेकामा जोड दिएका छन् । जेनजी प्रदर्शनका क्रममा घाइते भएकी खनाल पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेका उनले सामाजिक सञ्जालमार्फत हालका सानाठूला सबै दलहरू र आफ्नै पार्टीभित्रसमेत नयाँ वैचारिक, सङ्गठनात्मक र…
-

साढे छ हजार विदेशी पर्यटक हुम्ला भित्रिए, हिल्सा हुँदै मानसरोवर जाने बढे
सिमकोट । हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको उनले बताए । कोरोना सङ्क्रमणपछि…
-

सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण र मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने
काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा समावेश आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुनेगरी गर्न आदेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण, मर्मतसम्भार, क्षतिबाट प्रभावितका लागि राहत तथा आर्थिक पुनरुत्थान र सार्वजनिक…


