फिचर

  • वनहरा शिविरका भूमिहीनलाई छोएन दशैँको रौनकले

    वनहरा शिविरका भूमिहीनलाई छोएन दशैँको रौनकले

    कञ्चनपुर । दसैँ घरआँगनमै आएको छ । मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ । तर, कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी (भूमिहीन) परिवारका लागि त्यो रहर केबल सपना मात्रै बनेको छ । दुई छाकको खाना जुटाउनै सङ्घर्ष भइरहेको अवस्थामा दसैँले शिविरवासीको पीडा झन् थपिदिएको छ…

  • दसैंको अवसर पारेर युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव

    दसैंको अवसर पारेर युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव

    तनहुँ । भानु नगरपालिका-१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा खेलकुद उत्सव गरेर युवाहरुबीच आत्मीय सम्बन्ध बढाउने प्रयास गरेको छ । दसैंको अवसर पारेर क्लबले शनिबारदेखि सोमबारसम्म अर्चलेमा खेलकुद उत्सव गरेको हो । युवाबीच सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकताको भावना विकास गर्न क्लबले खेलकुद उत्सव आयोजना गरेको क्लबका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।…

  • गाउँमा नै राष्ट्रिय परिचयपत्र बन्न थालेपछि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    गाउँमा नै राष्ट्रिय परिचयपत्र बन्न थालेपछि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    हुम्ला । हुम्लाका अधिकांश ग्रामीण भेगका नागरिकको राष्ट्रिय परिचयपत्र गाउँमा नै बन्न सुरु भएपछि सदरमुकाम सिमकोट धाउनुपर्ने बाध्यता हटेको छ । यसअघि गाउँमा राष्ट्रिय परिचयपत्र नबन्दा यहाँका नागरिकले हजारौँ रुपैयाँ खर्चेर सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनु परेको थियो । पछिल्लो समय हुम्लामा एक महिनाको अवधिमा तीन हजार २६३ जनाको राष्ट्रिय परिचयपत्रका लागि ‘डाटा’ सङ्कलन कार्य…

  • धौलागिरि हिमालआरोहण सुरु

    धौलागिरि हिमालआरोहण सुरु

    म्याग्दी । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ । सेभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक÷एक जनाले धौलागिरिको सफल आरोहण गरेका हुन् । स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ लु,…

  • सुरु भयो टुँडिखेलको तेह्र सय वर्ष पुरानो महाङ्काल मन्दिरको पुनःनिर्माण

    सुरु भयो टुँडिखेलको तेह्र सय वर्ष पुरानो महाङ्काल मन्दिरको पुनःनिर्माण

    काठमाडौं । सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व बोकेको महाङ्काल मन्दिरको पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले रु १० करोड पाँच लाख लागतमा टुँडिखेलको छेउमा अवस्थित उक्त मन्दिरको पुनःनिर्माण सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत इतिहास, विश्वास र सांस्कृतिक धरोहरको रूपमा रहेको उक्त मन्दिर पुनःनिर्माण सुरु गरिएको जानकारी दिए ।…

  • आज घर घरमा फूलपाती भित्र्याइँदै

    आज घर घरमा फूलपाती भित्र्याइँदै

    काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल…

  • कारगारबाट भागेका कैदीबन्दीहरूमाथी उच्च निगरानी

    कारगारबाट भागेका कैदीबन्दीहरूमाथी उच्च निगरानी

    काठमाडौं । प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिमा रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र छ हजार अझै फरार रहेकाले दसैँ, तिहार, छठलगायतका चाडपर्वको समयमा सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध…

  • विश्वको सातौं अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार

    विश्वको सातौं अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार

    म्याग्दी । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएको छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन्। आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि बाटो बनाएर धवलागिरिको…

  • वायुसेवा निगमले सुरु गर्यो चीनको ग्वाञ्जाओ उडान

    वायुसेवा निगमले सुरु गर्यो चीनको ग्वाञ्जाओ उडान

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भए पनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भयो । ग्वाञ्जाओको उद्घाटन उडानमा…

  • ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नु अपरिहार्य : प्रधानमन्त्री कार्की

    ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नु अपरिहार्य : प्रधानमन्त्री कार्की

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन र संवद्र्धन अपरिहार्य भएको बताएकी छिन् । ४६ औँ विश्व पर्यटन दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध…