फिचर
-

थप चार मन्त्रीको नियुक्तिसँगै मन्त्रिमण्डल आठ सदस्यीय, अन्तिममा रोकियो डा. मिश्राको सपथग्रहण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चार मन्त्री नियुक्त गरेकी छन् । नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्रिमण्डल आठ सदस्यीय भएको छ । कार्कीले अन्तरिम सरकारमा १०÷११ जना मन्त्री बनाउने भनेकी छन् । सोमवार नवनियुक्त मन्त्रीहरू डा. मदन परियार, अनिल सिन्हा, महावीर पुन र जगदीश खरेललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथग्रहण गराए । उनीहरूसँगै स्वास्थ्यमन्त्री बन्ने…
-

भीमफेदी कारागारबाट भागेका कैदीबन्दीहरू आफैँ फर्किए
बागमती । जेनजी प्रदर्शनका क्रममा कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म २५९ जना कैदीबन्दी कारागार फर्केका छन् । भीमफेदी कारागारबाट भागेकामध्ये आज बिहानसम्म १९८ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । प्रमुख…
-

वीरगञ्ज भन्सारमा साउन र भदौमा एक खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात
पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् । जबकी गत आवको दुई महिनाको अवधिमा भने एक खर्ब २२ अर्ब ३२…
-

जेनजी प्रदर्शन युवापुस्ताको चाहना, बढ्दो चेतनास्तर र भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छिन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा आज यहाँ आयोजित मूल समारोहमा उनले संविधानको मर्म र भावनाबमोजिम सुशासन, समृद्धि र…
-

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता, आवश्यक सहयोग गर्ने प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज टेलिफोन वार्ता भएको छ । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई जनाको बिचमा लगभग आधा घण्टा जति कुराकानी भएको हो । कुराकानीको क्रममा प्रधानमन्त्री मोदीले नेपालमा उत्पन्न पछिल्लो परिस्थितिलाई शान्तिपूर्ण तरिकाले अवतरण…
-

जेन-जी प्रदर्शन पछि युवापुस्तामा मानसिक समस्या बढ्दो
काठमाडौँ । काठमाडौँमा बस्दै आएकी सोह्र वर्षीया एक छात्रा रातभर निदाउन सकिनन् । लगातार जेनजी प्रदर्शनका दृश्यहरू झल्झली आँखामा आउन थालेपछि छटपटी भइरह्यो । पढाइमा पटक्कै मन गएन । समस्या जटिल बन्दै गएपछि परिवारले उनलाई लगनखेलस्थित मानसिक अस्पताल पुर्यायो । चिकित्सकले उनलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि दिएका छन् । अर्का एक २५ वर्षीय युवा…




