फिचर

  • चाडपर्वमा यातायात सहज बनाउने विषयमा छलफल, उच्चस्तरीय समिति गठन गर्ने निर्णय

    चाडपर्वमा यातायात सहज बनाउने विषयमा छलफल, उच्चस्तरीय समिति गठन गर्ने निर्णय

    काठमाडौं । सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित छ बुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव…

  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छिन्। यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी उनले गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गरेकी हुन् । सो अवसरमा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीलगायत उपस्थित थिए । पदबहालीपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणका सम्बन्धमा जानकारी लिएकी…

  • दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै प्रधानमन्त्री कार्कीलाई अमेरिकाद्वारा स्वागत

    दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै प्रधानमन्त्री कार्कीलाई अमेरिकाद्वारा स्वागत

    काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको…

  • नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न इप्पान तयार

    नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न इप्पान तयार

    काठमाडैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ । जेन–जी युवाहरूको आन्दोलनपछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा सुशीला कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै इप्पानले सहकार्य गर्ने जनाएको हो । प्रधानन्यायाधीशको जिम्मेवारी पूरा गरिसकेकी कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा…

  • जेन-जी आन्दोलनका घाइतेलाई भेटेर प्रधानमन्त्री कार्कीले लिइन स्वास्थ्य अवस्थाबारे जानकारी

    जेन-जी आन्दोलनका घाइतेलाई भेटेर प्रधानमन्त्री कार्कीले लिइन स्वास्थ्य अवस्थाबारे जानकारी

    प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । सेन्टरका प्रमुख डा बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । उनले दुई…

  • संसद् विघटन सर्वोच्च अदालतको व्याख्या विपरीतः नेपाली कांग्रेस

    संसद् विघटन सर्वोच्च अदालतको व्याख्या विपरीतः नेपाली कांग्रेस

    काठमाडौँ । नेपाली कांग्रेसले शान्ति संविधान र लोकतन्त्रका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्या विपरीत रहेको जनाएको छ । मुलुकको पछिल्लो विकसित घटनाक्रमका सम्बन्धमा शुक्रबार राति बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् विघटन संविधानसम्मत नरहेको निर्णय गरेको हो । बैठकले उक्त कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको…

  • जेन–जी युवाहरूले मन्त्री छान्न भर्चुअल भोटिङ गर्दै

    जेन–जी युवाहरूले मन्त्री छान्न भर्चुअल भोटिङ गर्दै

    काठमाडौँ । जेन–जी युवाहरूले अन्तरिम सरकारमा मन्त्रीहरू भोटिङ प्रक्रियाबाटै छनोट गर्ने भएका छन् । मन्त्रीका लागि कुलमान घिसिङ, ओमप्रकाश अर्यालल गायतका व्यक्तिहरूको चर्चा छ । २३ र २४ भदौको आन्दोलनपछि २५ गते जेन–जी युवाहरूले भर्चुअल मतदानबाट प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेका थिए । कार्की शुक्रबार राति प्रधानमन्त्री नियुक्त भइसकेकी छिन् । उनले आइतबार पदभारग्रहण…

  • मन्त्री बन्ने दौडमा म छैन, नयाँ युवालाई साथ दिन्छु : पुर्व मन्त्री सुमना श्रेष्ठ

    मन्त्री बन्ने दौडमा म छैन, नयाँ युवालाई साथ दिन्छु : पुर्व मन्त्री सुमना श्रेष्ठ

    काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले आफू मन्त्री बन्न लागेको हल्ला निराधार रहेको बताउँदै अहिले उक्त दौडमा नभएको बताएकी छिन् । एक भिडियो सन्देश जारी गर्दै श्रेष्ठले आफूले अवसर पाइसकेको हुँदा युवालाई साथ दिन भने तत्पर रहेको बताएकी छिन् । पछिल्लो विद्रोहमा युवाले पुर्‍याएको योगदानलाई अवमूल्यन गर्न नहुने समेत उनको तर्क छ । सधैंभरि सत्ता र…

  • संसद् विघटन जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण : राष्ट्रिय जनमोर्चा

    संसद् विघटन जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण : राष्ट्रिय जनमोर्चा

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा विघटन गर्ने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णय गलत भएको जनाउँदै त्यसको विरोध गरेको छ । शनिबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोध गरेका हुन् । संसद् विघटन जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भएको बताउँदै जेनजी आन्दोलनका अगुवाहरूको मागका विरुद्ध राष्ट्रपतिले अडान लिन नसकेको आरोप…

  • सुशीला कार्कीलाई मोदीको बधाई, भन्छन् – नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छ

    सुशीला कार्कीलाई मोदीको बधाई, भन्छन् – नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छ

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री भएकामा सुशीला कार्कीलाइ शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री कार्कीले कार्यभार सम्हालेकोमा शुभकामना व्यक्त गर्दै भारतका प्रधानमन्त्रीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । एक्समा भारतका प्रधानमन्त्रीले लेखेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार…