फिचर

  • देशलाई नयाँ निकासतर्फ अघि बढाउन सर्वदलीय र सर्वपक्षीय प्रयास जरुरी : नेता खनाल

    देशलाई नयाँ निकासतर्फ अघि बढाउन सर्वदलीय र सर्वपक्षीय प्रयास जरुरी : नेता खनाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘जेनजी’ पुस्ताको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, धैर्य र सहमतिबाट मात्र निकास सम्भव हुने बताएका छन् । नेता खनालले एक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनप्रति समवेदना तथा सम्पूर्ण घाइतेहरूको शीघ्र र निःशुल्क उपचार गर्न माग गरेका…

  • नेपालमा शान्ति सुव्यवस्था कायम हुनेमा चीन आशावादी

    नेपालमा शान्ति सुव्यवस्था कायम हुनेमा चीन आशावादी

    काठमाडौँ । चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा आफू आशावादी रहेको बताएको छ । नेपालको पछिल्लो अवस्थाबारे त्यहाँको परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लीन चियानले चीन र नेपाल परम्परागत मित्र हुन्, नेपालका सबै क्षेत्रले आन्तरिक विषयलाई उचित ढङ्गले सम्बोधन गर्नेछन् भनेका छन् ।

  • नयाँ सरकारको नेतृत्वका लागि सुशीला कार्कीको नाममा बालेनको समर्थन

    नयाँ सरकारको नेतृत्वका लागि सुशीला कार्कीको नाममा बालेनको समर्थन

    काठमाडौँ । नयाँ सरकारको नेतृत्वका लागि जेनजी पुस्ताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरे सँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि यस प्रति समर्थन जनाएका छन् । जेनजी पुस्ताहरूको बुधबार दिनभरको भर्चुअल बैठकले कार्कीको नाम पारित गरेको थियो । उनको नाममा सर्वाधिक प्रस्ताव आएको थियो । साथै प्रधानसेनापतिसँग भेट्न गएका जेनजी टोलीले पनि कार्कीलाईनै अबको नेतृत्व…

  • प्रधानमन्त्री ओलीले दिए राजीनामा

    प्रधानमन्त्री ओलीले दिए राजीनामा

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।

  • स्कूल ड्रेसमा प्रदर्शनमा आएका विद्यार्थी भन्छन्- ‘हिजोको भिडियो देखेर आयौं’

    स्कूल ड्रेसमा प्रदर्शनमा आएका विद्यार्थी भन्छन्- ‘हिजोको भिडियो देखेर आयौं’

    २४ भदौ, काठमाडौं । दोस्रो दिनको प्रदर्शनमा पनि कतिपय विद्यार्थीहरू विद्यालय ड्रेसमा आएका छन् । भक्तपुरबाट सिभिल अस्पताल आएर प्रदर्शनमा उत्रेकी दिक्षिता श्रेष्ठले स्कुल ड्रेसमा प्रदर्शन गर्दा प्रहरीले गोली नहान्ने आशासहित आएको बताइन् । सिभिल अस्पताल अघि भइरहेको प्रदर्शनमा विद्यार्थीहरू देखिएका छन् । प्रहरीले स्कुल ड्रेसमा गोली हान्दैन भनेर आन्दोलनमा आएको विद्यार्थीको भनाइ छ ।…

  • शेखर कोइरालाद्वारा आफ्नो समूहका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

    शेखर कोइरालाद्वारा आफ्नो समूहका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

    काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले आफ्नो समूहबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई राजीनामा दिन निर्देशन दिएका छन् । चीन भ्रमणमा रहेका नेता कोइरालाले आफ्नो समूहबाट मन्त्री बनेका चार मन्त्रीलाई राजीनामा दिन टेलिफोन मार्फत निर्देशन दिएको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । कोइराला समूहबाट संस्कृति पर्यटन तथा नागरिक…

  • अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह

    अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो । मन्त्रालयले…

  • जेनजीको प्रदर्शनलाई कुलमान घिसिङको समर्थन

    जेनजीको प्रदर्शनलाई कुलमान घिसिङको समर्थन

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी सोमबार गर्न लागेको प्रदर्शनमा आफ्नो ऐक्यबद्धता जनाएका छन्। बेथितिको अन्त्य र सरकारको केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरुद्धमा युवा पुस्ताले उठाउन लागेको आवाजलाई समर्थन गर्दै घिसिङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले जेनजीले सोमबार निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको तर्फबाट ऐक्यबद्धता…

  • भारतमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता

    भारतमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता

    बैतडी । भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बर्डफ्लु भित्रिन नदिन यहाँका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तले जानकारी दिए । भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमाक्षेत्रमा कडाइ गरिएको हो । भारतसँग…

  • इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै राख्नु : भाषा आयोग

    इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै राख्नु : भाषा आयोग

    काठमाडौं । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको । संविधानले नचिनेको भाषा…