अर्थतन्त्र
-

सकियो ‘नाडा अटो शो’ : उड्ने कार र रोबर्टले तान्यो दर्शक
काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३ गते उद्घाटन गरेका उक्त प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्धित १३५ प्रदर्शनी कक्ष रहेका छन् । यस वर्षको प्रदर्शनीमा विगतका तुलनामा ३० नयाँ उत्पादनलाई समेटिएको आयोजक संस्था नाडाले जनाएको छ ।…
-

नेप्से परिसूचक १८ अङ्कले घट्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो । आज ३२३ कम्पनीको एक करोड ४० लाख नौ हजार ७०८ कित्ता शेयर ५८ हजार १०५ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ५४ करोड…
-

लगानी बोर्ड बैठकद्धारा आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत
काठमाडौँ । लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि रु. आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार आज सम्पन्न बोर्डको ६५ औँ बैठकले उक्त निर्णय गरेको हो । बैठकले आठ सय मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा…
-

पूर्वाधारका क्षेत्रमा लगानी गर्न वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानुन आवश्यक : अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधारका क्षेत्रमा लगानी गर्न नेपालको सामर्थ्यलाई बढाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् । त्यसका लागि वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानुन आवश्यक रहेकामा उनले जोड दिए । प्रतिनिधिसभाको आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’माथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, “अहिले जुन किसिमको सहुलियत दलको ऋण अन्तरराष्ट्रिय वित्तीय…
-

जलवायुका चुनौती समाना गर्न सरकारसँगै सबैको सहकार्य आवश्यक
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुका चुनौती समाना गर्न सरकारसँगै सबैको सहकार्य आवश्यक रहेको बताएकी छिन् । हिन्दुकुश–हिमालय सांसदहरूको आजदेखि सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र शुद्ध वायुको आवश्यकता जस्ता चुनौतीको सामना गर्न सरकारको पहल मात्र पर्याप्त नभई सांसदहरूको सक्रिय नेतृत्व, आवाज र संकल्प जरुरी रहेको उल्लेख…
-

साउनमा सरकारको आम्दानी ८५ अर्ब, ४६ अर्ब खर्च
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना सरकारले रू ८५ अर्ब १९ करोड आम्दानी गर्दा रू ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो । सरकारले चालु आवमा रू १५…




