अर्थतन्त्र

  • अर्थमन्त्री पौडेल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता

    अर्थमन्त्री पौडेल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता

    काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटघाट भएको छ । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटमा उहाँहरुबीच समग्र अर्थतन्त्र, सहरी तथा भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरणलगायत विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । भेटका क्रममा अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकमा…

  • सबैको नजर दैलेखको पेट्रोलियम खानीतर्फ, कहिले आउला नमूनाको विस्तृत प्रतिवेदन ?

    सबैको नजर दैलेखको पेट्रोलियम खानीतर्फ, कहिले आउला नमूनाको विस्तृत प्रतिवेदन ?

    काठमाडौं । पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ । पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन् । दैलेखमा पेट्रोलियम पदार्थको ठूलो भण्डारण पुष्टि भएको खबरबाट सिङ्गो मुलुक उत्साहित छ । खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे…

  • आयो दशै : चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि, कति पाइन्छ छुट ?

    आयो दशै : चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि, कति पाइन्छ छुट ?

    काठमाडौं । आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत…

  • पर्यटक बढेपछि ढोरपाटनमा घोडा व्यवसाय फस्टाउँदै

    पर्यटक बढेपछि ढोरपाटनमा घोडा व्यवसाय फस्टाउँदै

    बागलुङ । एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका छन् । कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन् । बेकामे बनेका घोडा खच्चड बिक्री नहुँदा…

  • डुबानले धानखेती नष्ट भएपछि सिँघाराखेती गर्दै किसान

    डुबानले धानखेती नष्ट भएपछि सिँघाराखेती गर्दै किसान

    महोत्तरी । साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका ८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि किसानहरूले अहिले वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालेका हुन् । समयमा पानी नपरेपछि ढिलो गरी रोपाइँ गरेका यहाँका किसानको बाली रातो खोलामा थुनेर राखिएको पानीले बाढीको…

  • गत वर्षको तुलनामा पर्यटक आगमनमा सुधार, अगष्टमा मात्रै ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

    गत वर्षको तुलनामा पर्यटक आगमनमा सुधार, अगष्टमा मात्रै ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

    काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन्भने चीनबाट सात हजार…

  • सुन तोलाको दुई लाख तीन हजार छ सय पुग्यो

    सुन तोलाको दुई लाख तीन हजार छ सय पुग्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला रू तीन हजारले बढेको हो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार…

  • दशैँका लागि भदौ २९ देखि सुकिला नोट साट्न पाइने

    दशैँका लागि भदौ २९ देखि सुकिला नोट साट्न पाइने

    काठमाडौं । दशैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट बैंक नोट साट्न पाइने आज एक सूचना जारी गरेर जनाएको हो…

  • निगुरो बन्यो स्थानीयको आम्दानीको स्रोत

    निगुरो बन्यो स्थानीयको आम्दानीको स्रोत

    भोजपुर । गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन् । दुर्गम क्षेत्रको खोलाखोल्सी तथा वनपाखामा पाइने निगुरो ठूला सहरहरुमा पुग्न थालेको छ । टेम्केमैयुङ–५ चोलन्ती, मझौले गाउँका स्थानीयले वनजङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँलगायत सहरमा जाने…

  • गौरा पर्वः सांस्कृतिक परम्पराको उल्लाशमय उत्सव

    गौरा पर्वः सांस्कृतिक परम्पराको उल्लाशमय उत्सव

    कञ्चनपुर । सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् । यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरु माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरु खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन् । साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ…