राजनीति
-

आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा रहेकी उनले आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन्…
-
राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउनुपर्छ : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेको दशौँँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ । जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय स्वाभिमानका…
-

सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण आवश्यक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता भलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण आवश्यक रहेकामा जोड दिएका छन् । जेनजी प्रदर्शनका क्रममा घाइते भएकी खनाल पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेका उनले सामाजिक सञ्जालमार्फत हालका सानाठूला सबै दलहरू र आफ्नै पार्टीभित्रसमेत नयाँ वैचारिक, सङ्गठनात्मक र…
-

सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण र मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने
काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा समावेश आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुनेगरी गर्न आदेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण, मर्मतसम्भार, क्षतिबाट प्रभावितका लागि राहत तथा आर्थिक पुनरुत्थान र सार्वजनिक…
-

बाढी पहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
काठमाडौँ । सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । यही असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण गएको पहिरो…
-

विपदद्बारा क्षतिग्रस्त सडकको मर्मत कार्य तीव्र गतिमा गरिने : यातायातमन्त्री घिसिङ
काठमाडौं ।ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द भएको काठमाडौँबाट पश्चिमतर्फका सडक तत्कालै खोल्ने गरी तयारी भइरहेको र विपद्बाट क्षतिग्रस्त विभिन्न सडकको मर्मत कार्य तीव्र गतिमा गरिने प्रतिबद्धता जनाएका छन् । आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा घिसिङले नेपालको पूर्व क्षेत्रमा अझै पनि वर्षा हुनेक्रम जारी रहेको वर्षा कम भएपछि मात्रै सडक सुधारको…
-

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नु अपरिहार्य : प्रधानमन्त्री कार्की
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन र संवद्र्धन अपरिहार्य भएको बताएकी छिन् । ४६ औँ विश्व पर्यटन दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध…
-

माओवादीको केन्द्रीय समिति भङ्ग- मङ्सिरमा विशेष महाधिवेशन, पार्टी नेताको सम्पत्ति छानबिन सुरु गर्ने निर्णय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान केन्द्रीय समिति भङ्ग गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले महाधिवशेन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । मौजुदा केन्द्रीय…
-

बाबुराम भट्टराईले त्यागे पार्टीको अध्यक्ष पद, फागुनमा विशेष महाधिवेशन गर्ने तयारी
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेका छन् । दीपज्योती बैङ्क्वेट बौद्धमा आज बसेको नेसपा (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष डा भट्टराईले पदत्याग गर्ने प्रस्ताव पेस गरेको र केन्द्रीय समितीद्वारा स्वीकृत गरेको पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।…

