राजनीति
-

तोकिएको मितिमा निर्वाचन गर्नेबारे प्रधानमन्त्री कार्कीसँग आयोगका पदाधिकारीको छलफल
काठमाडौं । निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा सोका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनलगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेका हुन्…
-

थप चार मन्त्रीको नियुक्तिसँगै मन्त्रिमण्डल आठ सदस्यीय, अन्तिममा रोकियो डा. मिश्राको सपथग्रहण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चार मन्त्री नियुक्त गरेकी छन् । नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्रिमण्डल आठ सदस्यीय भएको छ । कार्कीले अन्तरिम सरकारमा १०÷११ जना मन्त्री बनाउने भनेकी छन् । सोमवार नवनियुक्त मन्त्रीहरू डा. मदन परियार, अनिल सिन्हा, महावीर पुन र जगदीश खरेललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथग्रहण गराए । उनीहरूसँगै स्वास्थ्यमन्त्री बन्ने…
-

जेनजी प्रदर्शन युवापुस्ताको चाहना, बढ्दो चेतनास्तर र भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छिन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा आज यहाँ आयोजित मूल समारोहमा उनले संविधानको मर्म र भावनाबमोजिम सुशासन, समृद्धि र…
-

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता, आवश्यक सहयोग गर्ने प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज टेलिफोन वार्ता भएको छ । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई जनाको बिचमा लगभग आधा घण्टा जति कुराकानी भएको हो । कुराकानीको क्रममा प्रधानमन्त्री मोदीले नेपालमा उत्पन्न पछिल्लो परिस्थितिलाई शान्तिपूर्ण तरिकाले अवतरण…
-

बागमतीका सभामुख पाठकले दिए राजीनामा
बागमती । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
-

प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यदेश निर्वाचन गर्नुभएकाले त्यसमा सहयोगका लागि आग्रह गरेकी छिन् । राजदूत…
-

‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा र ‘जेनजी जागरण स्मारक पार्क’ बनाउने निर्णय
काठमाडौं । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले सहादत प्राप्त गर्नेलाई राष्ट्रिय सम्मानसहित राष्ट्रिय झण्डा ओढाउने र अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसैगरी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिको…
-

आ-आफ्नो क्षेत्रमा सफल र सक्षम भएका तीन जनालाई प्रधानमन्त्री कार्कीले नियुक्त गरिन् मन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कार्यभार सम्हालेको दोस्रो दिन तीन मन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपतिले शुक्रवार राति कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे पनि आइतवार उनले कार्यभार सम्हालेकी थिइन् । सोमवार कार्कीले गृह र कानुन मन्त्रीको जिम्मा ओमप्रकाश अर्याललाई, अर्थमन्त्रीको जिम्मा रामेश्वर खनाललाई र ऊर्जा, जलस्रोत तथा सिँचाइसहित भौतिक पूवार्धार, यातायात व्यवस्था र सहरी विकास मन्त्रालयको…
-

आफू पदको रसास्वादन गर्न नभई युवाको चाहनाबमोजिम सेवा गर्न आएको हुँ : प्रधानमन्त्री कार्की
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोचबमोजिम भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिएकी छिन् । सिंहदबारमा आज पदबहालीपछि उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै उनले आफू पदको रसास्वादन गर्न नभई युवाको चाहनाबमोजिम सेवा गर्न आएकाले छ महिनाभित्र निर्वाचनबाट नयाँ संसद्लाई जिम्मेवारी दिने उदेश्यका साथ आएको स्पष्ट पारिन्…

