राजनीति

  • जेनजी आन्दोलनलाई संस्थागत गर्न भट्टराईको सुझाव

    जेनजी आन्दोलनलाई संस्थागत गर्न भट्टराईको सुझाव

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहका प्रतिनिधिहरुलाई सुझाव दिएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच आज यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्ष डा. भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई वर्तमान सरकारले संस्थागत गर्नुपर्नेमा जोड दिए । साथै उहाँले जेनजीका विभिन्न…

  • काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह विरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह विरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । प्रमुख साहले केही दिनअघि नेपालमा प्रमुख दल, छिमेकीलगायत मित्रराष्ट्रविरुद्ध सामाजिक सञ्जालमा लेखेको विषयलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न भोटाहिटीस्थित ब्युरोका कार्यालयमा पुगेर सङ्घले आज उजुरी दिएको हो । सङ्घका उपाध्यक्ष महाराज गुरूङले आफूहरुले ब्युरोका प्रमुख प्रहरी नायब…

  • दश वामशक्तिबीच एकता घोषणा, नेतृत्वमा सबै पुरानै नेता

    दश वामशक्तिबीच एकता घोषणा, नेतृत्वमा सबै पुरानै नेता

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो । एकता घोषणापछि…

  • राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

    राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छिन् । मन्त्रालय र विभागका अधिकारीहरूलाई आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत…

  • जनार्दन शर्मा र राम कार्कीको नेतृत्वमा शुरु भयो प्रगतिशील अभियान, प्रचण्डको एकतामा नजाने

    जनार्दन शर्मा र राम कार्कीको नेतृत्वमा शुरु भयो प्रगतिशील अभियान, प्रचण्डको एकतामा नजाने

    ललितपुर । ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले समाजवादी ऐक्यबद्धताको आह्वानसहित प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गरेका छन् । प्रगतिशील अभियानले नेपालमा दशकौँदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्तिहरू एकजुट गराउने…

  • आठ पार्टीबीच एकता हुने, घोषणा कात्तिक १९ गते

    आठ पार्टीबीच एकता हुने, घोषणा कात्तिक १९ गते

    काठमाडौँ । विभिन्न आठ पार्टीबीच एकता हुने भएको छ । ती पार्टीले आज ‘पार्टी एकता सहमति पत्र’ जारी गरी १९ गते एकता घोषणा गर्ने जनाएका हुन् । सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी–समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (चिरन पुन)…

  • वर्तमान राजनीतिक सङ्कट समाधानका लागि वाम शक्तिको पुनर्गठन आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

    वर्तमान राजनीतिक सङ्कट समाधानका लागि वाम शक्तिको पुनर्गठन आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा उत्पन्न राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठन गर्नुपर्ने आवश्यकता बढ्दै गएका बताएका छन् । आज आयोजित भेलामा उनले पार्टीलाई व्यापक पुनर्गठन गरी सङ्गठनलाई थप सशक्त गर्न आवश्यक रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले राजनीतिमा युवालाई अगाडि बढाउन पार्टी नेतृत्व पुस्तान्तरण गर्दै पुराना…

  • सरकारले तत्काल राजदूत नियुक्त गर्दैनः सञ्चारमन्त्री खरेल

    सरकारले तत्काल राजदूत नियुक्त गर्दैनः सञ्चारमन्त्री खरेल

    काठमाडौँ । सरकारले रिक्त रहेका देशमा तत्काल राजदूत नपठाउने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तत्काल राजदूत नियुक्त नगर्ने बताएका छन् । “रिक्त रहेका देशमा राजदूत नियुक्त तत्काल हुँदैन, राजदूतावास रहेका दोस्रो तहका कर्मचारीबाट चलाउन सकिन्छ, सरकार…

  • प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदूत उडो भोल्जको शिष्टाचार भेट

    प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदूत उडो भोल्जको शिष्टाचार भेट

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको उक्त भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित तथा मित्रताका विषयमा विचार आदान–प्रदान भएको थियो । प्रधानमन्त्रीमा कार्की नियुक्त हुनुभएपछिको यो पहिलो भेट हो । भेटका क्रममा जर्मनीका राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल…

  • जनताका समस्या र गुनासा सम्बोधन नगरिदिँदा मुलुकमा जेनजी आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भयो : अध्यक्ष नेपाल

    जनताका समस्या र गुनासा सम्बोधन नगरिदिँदा मुलुकमा जेनजी आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भयो : अध्यक्ष नेपाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु भएको छ । बैठकको आरम्भ गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले मेचीदेखि महाकालीसम्मका जनतासँग गरिएको भेटघाट र छलफलका क्रममा प्राप्त समस्या र गुनासा सम्बोधन नगरिदिँदा मुलुकमा जेनजी समूहको आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट आफूहरू अलग…