राजनीति

  • गणतान्त्रिक शक्तिहरु राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आवश्यक भयो : संयोजक दाहाल

    गणतान्त्रिक शक्तिहरु राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आवश्यक भयो : संयोजक दाहाल

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आवश्यक भएको बताएका छन् । देशका सामु अहिले देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखापरेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी रहेको…

  • मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ, अन्तिममा अन्य दुईको किन रोकियो ?

    मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ, अन्तिममा अन्य दुईको किन रोकियो ?

    काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सपथ लिएका हुन् । यसअघि आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ…

  • आन्दोलनका घाइतेसँग प्रधानमन्त्रीको छलफल, आन्दोलनको मर्मअनुसार अगाडी बढ्ने प्रतिबद्धता

    आन्दोलनका घाइतेसँग प्रधानमन्त्रीको छलफल, आन्दोलनको मर्मअनुसार अगाडी बढ्ने प्रतिबद्धता

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा घाइतेले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध प्रस्तुत हुन सुझाव दिएका छन् । घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार…

  • मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल छ : प्रचण्ड

    मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल छ : प्रचण्ड

    ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्र्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताएका छन् । माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा भएको नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा…

  • नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गर्न मन्त्री घिसिङको आग्रह

    नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गर्न मन्त्री घिसिङको आग्रह

    काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उहाँले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए । मन्त्री घिसिङले विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसनजस्ता ‘इ-मोबिलिटी’का क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिए । “ऊर्जा,…

  • छ महिनाभित्र निर्वाचन गरेर शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्रीको भनाइ

    छ महिनाभित्र निर्वाचन गरेर शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्रीको भनाइ

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएकी छिन् । परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाल्लेकी प्रधानमन्त्री कार्कीले आज परराष्ट्र मन्त्रालयमा नेपालस्थित कूटनीतिक निकायका प्रतिनिधिसँगको ‘ब्रिफिङ’मा वर्तमान सरकारको एकमात्र उद्देश्य आगामी फागुन २१ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने…

  • एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी

    एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी

    काठमाडौँ । नेकपा (एमाले) को १० औँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक आज पनि जारी छ । बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो । यही असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन माथि आज आ–आफ्नो धारणा राख्नु हुने प्रचार तथा…

  • ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले ११ मुलुकका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्तअधिराज्य, संयुक्तराज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतलाई आगामी कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । चीनमा…

  • निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह

    निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न ‘जेनजी’हरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज प्रधानमन्त्रीसहित अन्तरिम सरकारका मन्त्री र जेनजी अभियान्तहरूसँगको छलफलमा उहाँले निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने बताएका हुन् । राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको चाहना अनुसारको देश बनाउन नयाँ निर्वाचनमार्फत जनादेश लिएर…

  • सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुदैन : प्रधानमन्त्री

    सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुदैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्कटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारीपीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घका पदाधिकारीलाई एकै ठाउँमा…