समाज

  • ‘जेनजी’ प्रदर्शन : आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    ‘जेनजी’ प्रदर्शन : आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सङ्घीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो । यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन…

  • अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह

    अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो । मन्त्रालयले…

  • आयो दशैँ : सोह्र श्राद्ध सुरु

    आयो दशैँ : सोह्र श्राद्ध सुरु

    काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो ।…

  • जेनजीको प्रदर्शनलाई कुलमान घिसिङको समर्थन

    जेनजीको प्रदर्शनलाई कुलमान घिसिङको समर्थन

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी सोमबार गर्न लागेको प्रदर्शनमा आफ्नो ऐक्यबद्धता जनाएका छन्। बेथितिको अन्त्य र सरकारको केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरुद्धमा युवा पुस्ताले उठाउन लागेको आवाजलाई समर्थन गर्दै घिसिङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले जेनजीले सोमबार निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको तर्फबाट ऐक्यबद्धता…

  • सुनसान रामेछाप विमानस्थल, सडक मार्ग भरपर्दा नहुदा बिरामी काठमाडौँ पठाउन समस्या

    सुनसान रामेछाप विमानस्थल, सडक मार्ग भरपर्दा नहुदा बिरामी काठमाडौँ पठाउन समस्या

    रामेछाप । कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ । यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो । काठमाडौँमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको विमानस्थलका रूपमा रहेको यो विमानस्थल अहिले हवाइजहाजहरू नचल्दा सुनसान भएको हो । पर्यटकीय समयमा मात्र सोलुको लुक्ला जाने बेला विमानस्थलबाट उडान भर्ने गरिन्छ…

  • भारतमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता

    भारतमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता

    बैतडी । भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बर्डफ्लु भित्रिन नदिन यहाँका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तले जानकारी दिए । भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमाक्षेत्रमा कडाइ गरिएको हो । भारतसँग…

  • इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै राख्नु : भाषा आयोग

    इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै राख्नु : भाषा आयोग

    काठमाडौं । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको । संविधानले नचिनेको भाषा…

  • नेपाल टेलिकमको सीआरबीटी सेवा अनिश्चितकालका लागी बन्द

    नेपाल टेलिकमको सीआरबीटी सेवा अनिश्चितकालका लागी बन्द

    काठमाडौँ । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा अनिश्चितकालका लागि स्थगित भएको छ । टेलिकमले मंगलबार एक प्रेस नोट जारी गर्दै सेवामा समस्या उत्पन्न भएपछि अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जनाएको हो । यथाशीघ्र समस्या समाधानका लागि आवश्यक प्रयास भइरहेको कम्पनीले जानकारी गराएको छ । सेवा अवरुद्धका कारण ग्राहक वर्गलाई पर्न…

  • सबैको नजर दैलेखको पेट्रोलियम खानीतर्फ, कहिले आउला नमूनाको विस्तृत प्रतिवेदन ?

    सबैको नजर दैलेखको पेट्रोलियम खानीतर्फ, कहिले आउला नमूनाको विस्तृत प्रतिवेदन ?

    काठमाडौं । पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ । पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन् । दैलेखमा पेट्रोलियम पदार्थको ठूलो भण्डारण पुष्टि भएको खबरबाट सिङ्गो मुलुक उत्साहित छ । खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे…

  • आयो दशै : चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि, कति पाइन्छ छुट ?

    आयो दशै : चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि, कति पाइन्छ छुट ?

    काठमाडौं । आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत…