समाज

  • उखु किसानका माग सम्बोधन गर्नुपर्छ : महामन्त्री थापा

    उखु किसानका माग सम्बोधन गर्नुपर्छ : महामन्त्री थापा

    महेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले तदारुकताका साथ सम्बन्धित निकायसँग छलफल गर्नुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले उखुको उत्पादन बढाउने विषयमा सरकारले सम्बन्धित निकायसँग छलफल गरी आवश्यक पहल गर्नुपर्ने सुझाव दिए । सरकारले आन्दोलनमा रहेका उखु किसानका माग तत्कालै…

  • वडा कार्यालयको भवन निर्माणमा भ्रष्टाचार भएको अभियोगमा मुद्दा दायर

    वडा कार्यालयको भवन निर्माणमा भ्रष्टाचार भएको अभियोगमा मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा कार्यालयको भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको अभियोगमा जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत आठ जना र निर्माण कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगरपालिकले आर्थिक वर्ष २०८०/८१ मा वडा नं ६, ९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक…

  • हाजिरी जमानीमा छुटे नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर

    हाजिरी जमानीमा छुटे नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर

    काठमाडौं । सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा पक्राउ परेका उनलाई हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । विद्युतीय अपराधको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत, काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो । त्यसपछि…

  • फेरि बढ्यो अण्डाको मूल्य

    फेरि बढ्यो अण्डाको मूल्य

    चितवन । चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ । नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट…

  • रोकिएको धुलिखेल–सूर्यविनायक सडकमा विस्तार कार्य सुरु

    रोकिएको धुलिखेल–सूर्यविनायक सडकमा विस्तार कार्य सुरु

    काभ्रेपलाञ्चोक । वर्षाका कारण रोकिएको अरनिको राजमार्ग अन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम पुनः सुरु गरिएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा पिच गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ । सडक पिच गर्नका लागि सिटिब को काम भइरहेको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको हो । जनागालबाट भैँसेपाटी हुँदै साँगातर्फ सिटिबीको काम सुरु भएको आयोजनाका…

  • उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तानी गर्नुपर्छः अध्यक्ष नेपाल

    उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तानी गर्नुपर्छः अध्यक्ष नेपाल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उखु किसानलाई अनुदान स्वरूप उपलब्ध गराउनुपर्ने रकम अविलम्ब भुक्तानी गर्न माग गरेका छन् । उखु उत्पादक सङ्घले रकम भुक्तानी लगायत विभिन्न माग राखेर माइतीघर मण्डलामा आयोजना गरेको धर्नामा ऐक्यबद्धता जनाउँदै उनले किसानको माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कृषि…

  • काठमाडौँमा बिहीबार देखि अहिंसा महोत्सव हुँदै

    काठमाडौँमा बिहीबार देखि अहिंसा महोत्सव हुँदै

    काठमाडौँ । नेपाल शाकाहारी सङ्घको आयोजनामा ‘अहिंसा महोत्सव नेपाल’ हुने भएको छ । महोत्सवको तयारी भइसकेको आयोजकले जनाएको छ । महोत्सव आगामी बिहीबार देखि शनिबार (भदौ १४) गतेसम्म काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुने छ । ‘करुणाले जोड्छ’ भन्ने नारा रहेको महोत्सवमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पशुपक्षी प्रेम, मानव स्वास्थ्यको ख्याल,…

  • इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वान

    इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वान

    काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले यातायातका साधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ। पूर्वाधारबिना विदेशी प्रविधि भित्र्याएर नागरिक र यातायात व्यवसायीमाथि अनावश्यक आर्थिक भार थपिने र यसले नेपालीको व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा रहने हुँदा राष्ट्रको सुरक्षामा खतरा उत्पन्न हुने महासंघको भनाइ छ। महासंघले विज्ञप्तिमा भनेको छ, सरकार, प्रत्यक्ष सरोकारहरु पक्षहरुबीचको…

  • मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदै

    मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदै

    काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने बताएको छ । यसअघि सर्वोच्च अदालतले मनाङको प्रदेश सभा २ मा निर्वाचित भएका सांसद दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त हुने सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ गरेका कारणले निर्वाचन आयोग अन्योलमा परेको थियो । निर्वाचन आयोगले रुपन्देही– ३…

  • खोटाङको साकेलामा श्रमदान अभियान जारी

    खोटाङको साकेलामा श्रमदान अभियान जारी

    खोटाङ । खोटाङको साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्नेलगायत काम थालिएको हो । गाउँपालिका अध्यक्ष रविप्रकाश राई सहित श्रमदान अभियानमा स्थानीय…