समाज

  • डुबानले धानखेती नष्ट भएपछि सिँघाराखेती गर्दै किसान

    डुबानले धानखेती नष्ट भएपछि सिँघाराखेती गर्दै किसान

    महोत्तरी । साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका ८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि किसानहरूले अहिले वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालेका हुन् । समयमा पानी नपरेपछि ढिलो गरी रोपाइँ गरेका यहाँका किसानको बाली रातो खोलामा थुनेर राखिएको पानीले बाढीको…

  • बिपी राजमार्ग अवरुद्ध हुन नदिन पुनःमर्मत गरिँदै

    बिपी राजमार्ग अवरुद्ध हुन नदिन पुनःमर्मत गरिँदै

    काभ्रेपलाञ्चोक । बिपी राजमार्ग अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । वर्षको समयमा समेत अवरुद्ध हुन नदिइएको उक्त राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ । करिब एक वर्षअघिको बाढीपहिरोले क्षतिविक्षत बनाएपछि अस्थायी निर्माण गरी राजमार्ग सञ्चालन भइरहेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी…

  • भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा हो : राष्ट्रपति पौडेल

    भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा हो : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि कला, साहित्य, सङ्गीत र संस्कृति अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविलाई आज पुरस्कार वितरण गर्दै उनले भौतिक विकासले मात्र मुलुकको समृद्धि नहुने भएकाले प्राज्ञिक क्षेत्रको पनि विकास गरिनुपर्नेमा जोड दिए ।…

  • नीतिनियम पालना तथा कार्यान्वयन गराउन नगरप्रहरीलाई बालेनको आग्रह

    नीतिनियम पालना तथा कार्यान्वयन गराउन नगरप्रहरीलाई बालेनको आग्रह

    काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगरप्रहरीलाई आग्रह गरेका छन् । तेत्तीसौँ महानगर प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको सराहना गरेका छन् । उपप्रमुख सुनिता…

  • महिला शक्ति समाज परिवर्तनको आधार हो : पूर्वराष्ट्रपति भण्डारी

    महिला शक्ति समाज परिवर्तनको आधार हो : पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला शक्ति परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाज परिवर्तनको आधार भएको बताएकी छन् । परिवार निर्माणदेखि उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरणमा महिलाको योगदान सधैं अग्रपंक्तिमा रहेको उनले बताइन् । वीरगञ्ज उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको वृहत् महिला सम्मेलन २०८२ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाको योगदानलाई अझै अपेक्षित…

  • विद्या भण्डारी मधेशमा : एमाले कार्यकर्ताको भव्य स्वागत

    विद्या भण्डारी मधेशमा : एमाले कार्यकर्ताको भव्य स्वागत

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वृहत महिला सम्मेलनमा सहभागी हुन मधेश प्रदेशको वीरगञ्ज पुगेकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आज वृहत् महिला सम्मेलन आयोजना गरेको छ । पूर्वराष्ट्रपति भण्डारी सिमरा विमानस्थल अवतरण भएर त्यहाँबाट गाडीमा वीरगञ्ज पुगेकी हुन् । भण्डारीलाई विमानस्थलमै ५१ किलोको मालाले स्वागत गरिएको थियो । एमालेले कार्यक्रममा सहभागी नहुन निर्देशन दिएता…

  • गौरा पर्वः सांस्कृतिक परम्पराको उल्लाशमय उत्सव

    गौरा पर्वः सांस्कृतिक परम्पराको उल्लाशमय उत्सव

    कञ्चनपुर । सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् । यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरु माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरु खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन् । साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ…

  • नागरिकलाई सार्वजनिक सेवा प्रदान गर्न सहरमा घुम्ती शिविर

    नागरिकलाई सार्वजनिक सेवा प्रदान गर्न सहरमा घुम्ती शिविर

    गण्डकी । पोखरा, चितवन, काठमाडौँलगायत सहरमा अस्थायी बसोबास गर्ने नागरिकलाई यहाँका स्थानीय तहले घुम्ती शिविरमार्फत सेवा प्रदान गरेका छन् । बागलुङ, म्याग्दीसहित पहाडी जिल्लाबाट विभिन्न कारणले सहर झरेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला आदिलाई सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नवीकरणलगायत सेवा प्रदान गरिएको हो । बागलुङको गलकोट नगरपालिकाले बिहीबार गण्डकी प्रदेश राजधानी पोखरामा…

  • माइती नेपालले गर्यो एक वर्षमा १८ जनाको उद्धार

    माइती नेपालले गर्यो एक वर्षमा १८ जनाको उद्धार

    झापा । मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालले एक वर्षमा हराएकाहरु मध्ये १८ जनाको उद्धार गरी आफन्तलाई बुझाएको छ । आर्थिक वर्ष २०८१र८२ मा विभिन्न जिल्लामा हराएका ६९ जना नेपालीको खोजीका लागि कार्यालयमा निवेदन परेकामा १८ जनाको उद्धार गरिएको हो । माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेले भेटिएकामध्ये १६ जनालाई भारतको विभिन्न सहरमा खोजी गरी फेला…

  • नेपाल प्रहरीको ३२औं आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

    नेपाल प्रहरीको ३२औं आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

    काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भदौ १९ गतेदेखि लागु हुने गरी उनलाई महानिरीक्षक पदमा नियुक्त गरेको हो । खापुङ अहिले सीआईबी प्रमुख छन् । वर्तमान आईजीपी दीपक थापाले यही भदौ १८ गते राति १२ बजेदेखि अवकाश पाउँदै छन् । सरकारले प्रधानमन्त्री चीन…