अर्थतन्त्र

  • पर्यटकलाई मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

    पर्यटकलाई मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

    म्याग्दी । मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ । शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूूर्ण गाउँपालिका–४ को कार्यालयले जनाएको छ । वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर…

  • धौलागिरि हिमालआरोहण सुरु

    धौलागिरि हिमालआरोहण सुरु

    म्याग्दी । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ । सेभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक÷एक जनाले धौलागिरिको सफल आरोहण गरेका हुन् । स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ लु,…

  • विश्वको सातौं अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार

    विश्वको सातौं अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार

    म्याग्दी । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएको छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन्। आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि बाटो बनाएर धवलागिरिको…

  • वायुसेवा निगमले सुरु गर्यो चीनको ग्वाञ्जाओ उडान

    वायुसेवा निगमले सुरु गर्यो चीनको ग्वाञ्जाओ उडान

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भए पनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भयो । ग्वाञ्जाओको उद्घाटन उडानमा…

  • हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा

    हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा

    बागलुङ । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन् । दश दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याउने गरेका छन् । मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्याउने गरेका छन् । यतिबेला सडक छेउछाउमा बाक्लै च्याङ्ग्राका बथानहरू…

  • ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नु अपरिहार्य : प्रधानमन्त्री कार्की

    ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नु अपरिहार्य : प्रधानमन्त्री कार्की

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन र संवद्र्धन अपरिहार्य भएको बताएकी छिन् । ४६ औँ विश्व पर्यटन दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध…

  • विश्व पर्यटन दिवस : भक्तपुर दरबार क्षेत्रमा आएका पर्यटकलाई स्वागत

    विश्व पर्यटन दिवस : भक्तपुर दरबार क्षेत्रमा आएका पर्यटकलाई स्वागत

    भक्तपुर । विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार क्षेत्रमा प्रवेश गरेका तीन जना पर्यटकलाई स्वागत गरेको छ । नगरप्रमुख सुनिल प्रजापतिले भारतका ६, अष्ट्रियाका एक र अमेरिकाका दुई जनालाई खादा, भादगाउँले टोपी, परम्परागत थैली, पुष्पगुच्छाका साथै मयुर झ्याल प्रदान गरेर स्वागत गरेका हुन् । पर्यटन प्रवर्द्र्धनका लागि भक्तपुर नगरपालिकाले पूर्वाधार विकास तथा विविध…

  • खाद्यले यसपटक दसैँमा खसी बोका नबेच्ने

    खाद्यले यसपटक दसैँमा खसी बोका नबेच्ने

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यसवर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको हुनसक्ने भन्दै व्यवस्थापनमा समस्या देखाउँदै खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने जनाएको छ । कम्पनीले आन्दोलन अगाडि करिब दुई हजार खसी–बोका र च्याङ्ग्रा खरिद बिक्रीका लागि…

  • जेनजी आन्दोलनले दसैँको सिजनमा पनि बन्दीपुरमा पर्यटकको आगमन बढेन्, पर्यटनमा धक्का लागेको व्यवसायीको गुनासो

    जेनजी आन्दोलनले दसैँको सिजनमा पनि बन्दीपुरमा पर्यटकको आगमन बढेन्, पर्यटनमा धक्का लागेको व्यवसायीको गुनासो

    तनहुँ । विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो । दैनिक एक हजारभन्दा बढी पर्यटकले बन्दीपुर गुल्जार हुन्थ्यो । गत भदौमा आन्दोलन हुनुअघिसम्म पनि बन्दीपुरका होटल तथा होमस्टेको अकुपेन्सी करिब शतप्रतिशतको हाराहारी पुगेको थियो । तर गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि भने पर्यटक उल्लेख्य घटेका छन् । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि…

  • हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

    हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

    म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका-४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण-४ का वडा सदस्य श्याम पुर्जाले बताए । दसैँ तिहारको विदा…