अर्थतन्त्र
-

नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न इप्पान तयार
काठमाडैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ । जेन–जी युवाहरूको आन्दोलनपछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा सुशीला कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै इप्पानले सहकार्य गर्ने जनाएको हो । प्रधानन्यायाधीशको जिम्मेवारी पूरा गरिसकेकी कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा…
-

महोत्तरीका वन क्षेत्रबाट ढालिए सालका रुख
महोत्तरी । जेन जी प्रदर्शनको मौका छोपेर महोत्तरीका वन क्षेत्रमा सयौँको सङ्ख्यामा सालका रुख ढालिएका छन् । पूर्वपश्चिम राजमार्गबाट बर्दिवास–५ टुटेश्वरधाम र गणन्ता बस्ती जाने सडक छेउका दुई सय २५ वटा सालका रुख ढालिएको डिभिजन वन कार्यालय महोत्तरीले पुष्टि गरेको छ । बर्दिवास–५ मा पर्ने टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्छ । गत मङ्गलबारदेखि…
-

सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रमा ठुलो क्षति
काठमाडौं । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते…
-

पुँजीबजार आगामी साताभर बन्द रहने
काठमाडौं । जेनजी आन्दोलनका कारण यो साता तीन दिन कारोबार स्थगित गरिएको पुँजीबजार आगामी साताभर बन्द रहने जनाइएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज एक सूचना जारी गर्दै आगामी असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जनाएको हो । “धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम आज…
-

बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहतालाई मध्यनजर गर्दै बीमा दाबीलाई सहज बनाउन…
-

नेप्से परिसूचक ११ दशमलव ५२ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११ दशमलव ५२ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार आजको कारोबारमा परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेर दुई हजार ७०८ दशमलव २५ अङ्कमा कायम भएको हो । आज विभिन्न ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ५८ हजार ८७ पटक रु चार अर्ब…
-

चुलु सुदूरपूर्व हिमाल आरोहरणका लागि खुला
काठमाडौं । सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरेको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । सो हिमालको कुल उचाइ छ हजार ३८ मिटर रहेको छ । सो हिमाल आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविरतर्फ जान सकिनेछ…
-

नेपाल पर्वतारोहण सङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण
काठमाडौं । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । पर्यटन व्यवसायी फुर ग्याल्जे शेर्पाको नेतृत्वमा यही भदौँ ७ गते नयाँ कार्यसमितिका लागि निर्वाचन भएको थियो । सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य याङकिला शेर्पाले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा एनएमएको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । पर्यटन विभागका महानिर्देशक…
-

भुटान एयरलाइन्सले पोखरामा चार्टर उडान गर्दै
काठमाडौँ । भुटान एयरलाइन्सले पोखरामा चार्टर उडान गर्ने जनाएको छ । एयरलाइन्सले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको हो । हाल भुटानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटान एयरलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धन सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख…

