राजनीति

  • कमला नदी पुल निरीक्षणमा पुगे भौतिक मन्त्री घिसिङ

    कमला नदी पुल निरीक्षणमा पुगे भौतिक मन्त्री घिसिङ

    सिरहा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकखण्डअन्तर्गत सिरहा–धनुषा जोड्ने क्षतिग्रस्त कमला पुलको निरीक्षण गरेका छन् । यो पुल ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दा पनि पुल निर्माण हुन सकेको छैन । तराई–मधेसको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ साल जेठमा रु २४ करोड ९१ लाख…

  • जेनजी आन्दोलनको मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री

    जेनजी आन्दोलनको मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा दायाँबायाँ नलाग्ने स्पष्ट पारेकी छिन् । जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग आज भएको छलफलमा उहाँले जेनजीसँग सम्झौता गर्ने विषय अन्तिम चरणमा पुगेको जानकारी गराए । “यहाँहरूको मागका विषयमा राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुगिनेछ,” प्रधानमन्त्री कार्कीले भनिन्, “जेनजी आन्दोलनका घाइते…

  • चुनावमा भाग लिएर निर्वाचनलाई सफल बनाउन आह्वान

    चुनावमा भाग लिएर निर्वाचनलाई सफल बनाउन आह्वान

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरुले चुनावमा भाग लिएर निर्वाचनलाई सफल तुल्याउन आह्वान गरेका छन् । दल दर्तापछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा दलका नेताहरुले स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष ढङ्गले निर्वाचन गराउने जिम्मेवारी सरकारको भए पनि त्यसलाई सफल तुल्याउने दायित्व भने राजनीतिक दल स्वयम्कै भएको…

  • संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउँछ : एमाले अध्यक्ष ओली

    संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउँछ : एमाले अध्यक्ष ओली

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रनिनिधिसभा पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन् । प्रेस चौतारी नेपालको टोलीसँग आज गुण्डुस्थित निवासमा छलफल गर्दै अध्यक्ष ओलीले असंवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्ने माग दोहो¥याएका हुन् । उनले यसरी असंवैधानिक तरिकाले संसद्लाई विघटन गर्दै जाँदा…

  • ‘एमाले चुनावबाट विचलित हुने पार्टी होइन, सरकारले वातावरण बनाउँनु पर्छ

    ‘एमाले चुनावबाट विचलित हुने पार्टी होइन, सरकारले वातावरण बनाउँनु पर्छ

    गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरूले आफ्नो पार्टी चुनावविरोधी नभएको बताएका छन् । एमाले गुल्मीद्वारा आज सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा नेताहरूले एमाले चुनावबाट विचलित हुने र के परिणाम आउँछ भनेर आत्तिने पार्टी नभएको भन्दै चुनावका लागि सरकारले निष्पक्षता र भयरहित वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव…

  • प्रकृति संरक्षण सम्बन्धी सचेतना जगाउँदै नेपाली सेना

    प्रकृति संरक्षण सम्बन्धी सचेतना जगाउँदै नेपाली सेना

    काठमाडौँ । नेपाली सेनाले प्रकृति संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत विषयमा दुई सय भन्दा बढी विद्यार्थी र स्थानीयमाझ सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाका युनिटले विभिन्न स्थानमा उनीहरुलाई संरक्षण शिक्षालगायत जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंहदल गणले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ स्थित श्री शङ्कर पार्वती…

  • जेनजी युवाको अभिभावक नेपाली कम्युनिष्ट पार्टी हो : संयोजक दाहाल

    जेनजी युवाको अभिभावक नेपाली कम्युनिष्ट पार्टी हो : संयोजक दाहाल

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने माग राख्ने जेनजी युवाको अभिभावक नै नेकपा भएको बताएका छन् । नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले आसन्न महाविशेन र निर्वाचनमा “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले…

  • त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्री कार्कीको चासो, मागिन प्रगति विवरण

    त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्री कार्कीको चासो, मागिन प्रगति विवरण

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छिन्। प्रधानमन्त्री कार्कीले आज दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी, रजिस्ट्रार प्रा. केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् । छलफलमा…

  • निर्वाचनले संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

    निर्वाचनले संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा आज आयोजित ‘आगमी प्रतिनिधिसभाको निर्वाचन, चुनौती र अवसर’ विषयक अन्तरक्रियामा उनले सरकार, राजनीतिक दल, जेनजी पुस्ता, नागरिक समाजबीचको हार्दिकतापूर्ण संवादको माध्यमबाट त्यसखाले निर्वाचनको वातवारण बनाउन सकिने धारणा व्यक्त गरेका हुन् । संविधान निगरानी समूहका अध्यक्षसमेत रहनुभएका…

  • घर फर्क राष्ट्रिय अभियान : एमालेमा को को भित्रिए ?

    घर फर्क राष्ट्रिय अभियान : एमालेमा को को भित्रिए ?

    काठमाडौं । घर फर्क राष्ट्रिय अभियानअन्तर्गत आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा फर्किएका छन् । राष्ट्रियसभा गृहमा आज आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेत्री झाँक्री, किसान श्रेष्ठसहितलाई एमालेमा स्वागत गरे । एमालेका कार्यालय सचिव…