समाज
-

गाउँमा नै राष्ट्रिय परिचयपत्र बन्न थालेपछि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
हुम्ला । हुम्लाका अधिकांश ग्रामीण भेगका नागरिकको राष्ट्रिय परिचयपत्र गाउँमा नै बन्न सुरु भएपछि सदरमुकाम सिमकोट धाउनुपर्ने बाध्यता हटेको छ । यसअघि गाउँमा राष्ट्रिय परिचयपत्र नबन्दा यहाँका नागरिकले हजारौँ रुपैयाँ खर्चेर सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनु परेको थियो । पछिल्लो समय हुम्लामा एक महिनाको अवधिमा तीन हजार २६३ जनाको राष्ट्रिय परिचयपत्रका लागि ‘डाटा’ सङ्कलन कार्य…
-

सुरु भयो टुँडिखेलको तेह्र सय वर्ष पुरानो महाङ्काल मन्दिरको पुनःनिर्माण
काठमाडौं । सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व बोकेको महाङ्काल मन्दिरको पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले रु १० करोड पाँच लाख लागतमा टुँडिखेलको छेउमा अवस्थित उक्त मन्दिरको पुनःनिर्माण सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत इतिहास, विश्वास र सांस्कृतिक धरोहरको रूपमा रहेको उक्त मन्दिर पुनःनिर्माण सुरु गरिएको जानकारी दिए ।…
-

आज घर घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल…
-

कारगारबाट भागेका कैदीबन्दीहरूमाथी उच्च निगरानी
काठमाडौं । प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिमा रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र छ हजार अझै फरार रहेकाले दसैँ, तिहार, छठलगायतका चाडपर्वको समयमा सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध…
-

वायुसेवा निगमले सुरु गर्यो चीनको ग्वाञ्जाओ उडान
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भए पनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भयो । ग्वाञ्जाओको उद्घाटन उडानमा…
-

सिटिइभीटीलाई तत्काल कार्यान्वयन गर्नेगरी शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिएका छन् । परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिएका हुन् । यस्तै, एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल तीन…
-

आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए, अझै छ हजार ४९४ फरार
काठमाडौं । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ…
-

चाडपर्वमा स्थल मार्ग पहिरोले जोखिम बन्दा हवाई यात्रामा चाप बढ्यो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो । भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको हो ।…
-

दसैँभर टिपर सञ्चालनमा रोक
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको गत भदौ ३० गतेको निर्णयानुसार दसैँभर जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको जनाइएको छ । कार्यालयद्वारा प्रकाशित सार्वजनिक अपिलमा यही असोज ६ देखि असोज २२ गतेसम्म टिपर सञ्चालन नगर्न भनिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी…
-

दशैमा घर फर्किनेहरुको बढ्यो चहलपहल
काठमाडौँ । राजधानीबाट गाउँघरमा दसैँ मनाउन जानेहरूको चहलपहल बढ्न थालेको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरूमा घर जानेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । काम र पढाइको सिलसिलामा राजधानीमा रहेकाहरू दसैँ मनाउनको लागि घर फर्किन थालेका हुन् । यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । टिकट बुकिङ खुला नभएका…
