समाज
-

तुइन खोलाको पहिरोले अझै सडक अवरुद्ध, यात्रुलाई सडकमै खाजा वितरण
चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो अझैसम्म पन्छाउन सकिएको छैन । शुक्रबार साँझदेखि पहिरो खसेर अवरुद्ध बनेको राजमार्ग सञ्चालन नहुँदा यात्रुलाई सास्ती परेको छ । शुक्रबार साँझदेखि खसेको पहिरो निरन्तर पन्छाउने काम भइरहेता पनि पूर्ण रूपमा पहिरो पन्छाउन आइतबार सम्म लाग्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । आज साँझसम्म पहिरो…
-

गृह मन्त्रालयद्वारा सहायता कक्ष स्थापना
काठमाडौँ । गृह मन्त्रालयले जेनजी युवाहरूद्वारा भएको प्रदर्शन पश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने विभिन्न उच्छृङ्खल गतिविधिहरूलाई नियन्त्रण गर्नका लागि सहायता कक्षा स्थापना गरेको छ । आज मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र आचार्यले जेनजी युवाहरूको आन्दोलनपछिको अवस्थामा जनताको समस्या र सुझाव सुन्नका लागि मन्त्रालयले उक्त सहायता कक्षा स्थापना…
-

संविधान दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।…
-

निजी क्षेत्रले पुनःनिर्माणमा सहयोग गर्ने
काठमाडौँ । निर्जीवन बिमा व्यवसायी सङ्घका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राष्ट्रिय सम्पत्तिको पुनःनिर्माणमा निजी क्षेत्रको पूर्णसाथ रहने प्रतिबद्धता जनाएका छन् । आज सिंहदरबारमा अर्थमन्त्री डा. रामेश्वर खनालसँग भेट गरी जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनःनिर्माणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिए । अध्यक्ष मल्लले…
-

नेपाल पत्रकार महासङ्घ द्धारा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । प्रदेश कमिटीले आज माइतीघर मण्डलामा मौनधारण गरी दीप प्रज्वलन गरेको हो । जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नु पर्ने लगायत माग गर्दै भदौ २३ र २४ गते…
-

सिंहदरबारमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले आज निर्देशन दिएका हुन् । “कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा…
-

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राति १२ बजेदेखि लागु हुने गरि धिवेशन अन्त्य गरेको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई दिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यको सूचना प्राप्त भएको जानकारी दिए । प्रतिनिधिसभा अन्तरिम मन्त्रिपरिषदको पहिलो निर्णयबाटै विघटन भइसकेको छ ।
-

१० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने सचिव बैठकको निर्णय
काठमाडौं । निजामती सेवाका सचिवहरूले संघीय तहमा रहेका दरबन्दीहरु २० प्रतिशतले कटौती गर्ने निर्णय गरेका छन् । मंगलबार बसेको सचिवहरुको बैठकले मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूमा रहेको दरबन्दी औसतमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो । मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा सचिवहरूको बैठकले २० असोजभित्र संशोधित दरबन्दी स्विकृतीका लागि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय लिएको छ…
-

ट्राफिक व्यवस्थापनमा स्वमंसेवक बने विद्यार्थी नेता पाण्डे
काठमाण्डौँ । यहि भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनमा ट्राफिक प्रहरी चौकी ध्वस्त भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल अवस्थामा पुगेकाले नागरिकलाई हुन गएकोे सास्तीलाई मध्येनजर गर्दै अनेरास्ववियुका नेता नितिन पाण्डेले उपत्यकाको ट्राफिक व्यवस्थापनमा २ दिन स्वमंसेवा प्रदान गरेका छन् । अनेरास्ववियु पाटन संयुक्त क्याम्पस कमिटी अध्यक्ष समेत रहेका पाण्डेले यतिबेला सबै नागरिकले आफ्नो…
-

ज्यान गुमाएका जेन्जीको सम्मानमा बुधबार सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने
काठमाडौँ । यही भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको थियो । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, मिति २०८२ भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान…
